हुनत राई परिवारमा छोरीले मात्र अन्र्तजातीय विवाह गरेको यो पहिलो घटना होइन । उनले केही वर्ष अगाडी क्षेत्रीको छोरीलाई आफ्नो जेठी बुहारी बनाएर भित्राइसकेका थिए । तर चौधरी परिवारका कान्छा छोरा योगेशले भने अर्काे जातको छोरी विवाह गरेको घटना पहिलो हो । तर पनि सहर्ष स्वीकारे चौधरी परिवारले ।
हाम्रो समाजमा अझै पनि अन्र्तजातीय विवाहले पूर्ण स्वीकृति पाइसकेको छैन । अन्र्तजातीय विवाह गरेकै कारण धेरै युवायुवती समाजबाट तिरस्कृत मात्र भएका छैनन्, मारिएका घटनाहरु पनि थुप्रै छन् । यस्तो समाजमा अन्र्तजातीय विवाह समाजको स्वीकृतिमा भएको छ ।
तर गत मंसिर २८ गते काठमाण्डौंको बालाजु स्थित नागार्जुन पार्टी प्यालेसबाट पहाडीया राईकी छोरी र मधेशी थारुको(चौधरी) छोराबीच हिन्दु संस्कारमा अन्र्तजातीय विवाह भयो, पारिवारिक सहमतिमा । यस्तो खाले विवाह कि त धनाढ्य परिवारमा हुन्छ कि त राजनीतिमा संलग्न परिवारमा ।
नुवाकोट चौघडाकी सलिफा राई र सप्तरीका योगेश चौधरीले अन्र्तजातीय विवाह गरे पनि यस्तो समस्या भोग्नु परेन । झण्डै १० वर्षको प्रेम सम्बन्धलाई सफलतापूर्वक विवाहमा परिणत गरे राई र चौधरीले । त्यो पनि विना दाइजो । तराईमा पछिल्लो समय बढ्दै गएको दाइजोप्रथाका कारण धेरै छोरीहरुले अकालमा मृत्युवरण गर्नुपरेको स्थिति हामीसामु ताजै छन् । तर योगेश त्यही समाजका एक पात्र हुन् । उनले दाइजोका सट्टा सिर्प सलिफा मात्र मागे राई परिवारसँग ।
नुवाकोटमै किराना पसल चलाउने मध्यस्तरीय परिवारका रोहित राईकी एक्ली छोरी हुन्, सलिफा । उनले चाहेको भए ८/१० लाख खर्च गर्न सक्थे होलान् । तर योगेशले कुनै दाइजोको अपेक्षा गरेनन् ।
हुनत राई परिवारमा छोरीले मात्र अन्र्तजातीय विवाह गरेको यो पहिलो घटना होइन । उनले केही वर्ष अगाडी क्षेत्रीको छोरीलाई आफ्नो जेठी बुहारी बनाएर भित्राइसकेका थिए । तर चौधरी परिवारका कान्छा छोरा योगेशले भने अर्काे जातको छोरी विवाह गरेको घटना पहिलो हो । तर पनि सहर्ष स्वीकारे चौधरी परिवारले ।
होली खेल्दा इनामेलले रङग्याइदिँए
जब म एसएलसी पास गरी काठमाडौंको बालाजुस्थित एनआर कलेजमा प्लस टु पढ्दै थिएँ । सपिला पनि त्यही पढ्दै थिइन् । कलेजमा विद्यार्थी भर्ना गर्ने समितिमा हामी दुवै थियौं । त्यत्तिबेला सम्म हामी सामान्य साथी थियौं । त्यही वर्षको फागु पूर्णिमामा हामी होली खेल्दै नेपालटारतिर गयौं । अकस्मात सलिफा बस्ने घरमा पुगिए छ । उनले छतबाट हामीलाई पानी छ्याप्न लागिन् हामीले तलबाट छ्याप्यौं । त्यत्तिबेला मेरो हातमा इनामेल थियो । मैले त्यसैले सलिफालाई प्रहार गरेँ । त्यही रंगको पर्वले हाम्रो जीवनलाई १० वर्षपछि रंगीन बनाइदियो ।
परिवारमा ५/६ वर्ष अघि नै थाहा थियो
हाम्रो सम्बन्धको विषयमा हामी दुवैको परिवारलाई ५/६ वर्ष अघि नै थाहा थियो । हामीलाई डर लाग्थ्यो कतै परिवारबाट समस्या हुन्छ कि भनेर । तर हामीले सोचेभन्दा परिस्थिति ठीक उल्टो भइदियो । दुवै परिवार हाम्रो सम्बन्धमा सहमत भए । हामीले नै आफू योग्य नभएकोले विवाह गर्न ढिलो ग¥यौं । त्यत्तिबेला सलिफाको परिवार भने आत्तिनुभएछ र भन्नुहुँदो रहेछ “लभ गरेर कता गयो त्यो अहिले सम्म बिहे नगरेर ।”
४ वर्ष मलेशिया
नेपालमा राम्रो कामको सम्भावना नदेखेपछि मलेशिया पुगेँ । त्यसभन्दा अगाडी प्रेसमा काम गरें, केही समय औद्योगिक क्षेत्रमा अनि एउटा अडिट फर्ममा । त्यसबाट राम्रो लक्षण नदेखेपछि मलेशिया हाँकिएँ । त्यत्तिन्जेलसम्म सलिफाले मलाई कुरेरै बसीन् । उनी यही ठमेलस्थित एक कार्गाेमा क्यासीयरको रुपमा काम गर्थिन् र अहिले पनि गर्दै छिन् ।
१३ दिने दाजुभाइको मिटिङ
हामीले सामान्य तरिकाले विवाह ग¥यौं, काठमाण्डौंमा । अनि केही दिनमा घर ग¥यौं । हाम्रो संस्कारमा छोराले विवाह गरेपछि भोज कसरी खुवाउने, को–को लाई बोलाउने भनेर १३ दिने दाजुभाइसँग सरसल्लाह गर्नुपर्छ । त्यही अनुरुप दाजुभाइ मिटिङ बसियो । बुबाले भन्नुभयो छोराले राईको छोरी विवाह गरे पनि भोज भने खुवाउनु पर्छ । त्यसैले एउटा खसी काटेर गाउँले र आफन्तलाई बोलाएर भोज गरियो । विवाह काठमाण्डौंमा भए पनि भोज चाँहि सप्तरीमै भयो ।
हामीले मात्र दाइजो प्रथाको अन्त्य गर्न सकिँदैन
हो, तराईमा दाइजो प्रथा व्यापक छ । तर तराईका सबै जातिको हकमा त्यो कुरा लागू हुँदैन । सबैभन्दा बढी यादव र मण्डल परिवारभित्र दाइजोको मोलमोलाई हुन्छ । हाम्रो जातमा त्यो नियम लागू हुँदैन । पहाडमा खड्कुला गाग्री दिने चलन भएजस्तै तराईमा मोटरसाइकल सामान्य हुन्छ मानिन्छ, जुनसुकै जातमा पनि । तर मैले भने त्यस्तो केही पनि लिइन । हामीले लिएनौ भन्दैमा तराईको दाइजोप्रथा रोकिँदैन, त्यो त स्वयं मान्छेको प्रवृत्ति र सोंंचको कुरा हो । मण्डल र यादवमा त केटाकेटीको बिहे गर्ने कुरा चलाउँदैमा पैसाको मोलमोलाई हुन्छ ।
प्रस्तुतीः संगीता पनेरु
वि.सं.२०७३ पुस १८ सोमवार १०:१२ मा प्रकाशित