१० भदौ, काठमाडौं । मानव अधिकार तथा बाताबरण बिकास केन्द्रका अध्यक्ष एबम पर्यटन ब्यवसायी राजु कार्कीले मुगुका संचारकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरेका छन् ।
जिल्लामा बिगत लामो समयदेखि स्वास्थ्य शिक्षा र पूर्बाधार क्षेत्रमा उदाहरणीय काम गर्दै आएका कार्कीले कोरोना महामारीलाई मध्येनजर गरि संचारकर्मीहरुलाई स्वास्थ्य समाग्री उपलब्ध गराएका हुन् ।
समाचार संकलनको निम्ति फिल्डस्तरमा दौडिरहने यस जिल्लाका सक्रिय १७ जना संचारकर्मीहरुका लागि कार्कीले स्वास्थ्य समाग्री उपलब्ध गराएका हुन् ।

कार्कीको ब्यक्तिगत पहलमा ‘मनघरी फाउण्डेशन नेपाल’ ले उपलब्ध गराएको उक्त स्वास्थ्य समाग्रीहरु बुधबार मध्यान्ह जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाको हातबाट नेपाल पत्रकार महासंघ मुगु शाखालाई हस्तान्तरण गरेपछि महासंघका अध्यक्ष नृपेन्द्र कुमार मल्लले सबै संचारकर्मीलाई वितरण गरेका थिए ।
दुर्गम र हिमाली जिल्ला मुगुमा कोरोना महामारीको बेला निःशुल्क स्वास्थ्य समाग्री पाउँदा संचारकर्मीहरुले खुसी व्यक्त गरेका थिए ।
पर्यटन ब्याबसायी तथा संचारमैत्री राजु कार्कीले यस्तो महामारीको बेला संचारकर्मीलाई स्वास्थ्य समाग्री उपलब्ध गराउनु खुशीको कुरा हो भन्दै नेपाल पत्रकार महासंघ मुगु शाखाका संस्थापक अध्यक्ष बिनोद कुमार मल्लले कार्कीलाई धन्यवाद दिएका थिए ।
आगामी दिनमा पनि कार्कीबाट यस्तै सहयोग र साथ पाउने यहाँका संचारकर्मीले आसा र अपेक्षा राखेको मल्लले बताए । बिगत बर्षहरुदेखि कार्कीले संचारकर्मीप्रति सद्भाव राख्दै आएका छन् ।

कार्कीले संचारकर्मीसंगै प्रहरी नायव उपरीक्षक तथा प्रमुख जिल्ला अधिकारीलाई पनि केही स्वास्थ्य समाग्री उपलब्ध गराएका छन् ।
कार्कीको बिशेष ब्यक्तिगत पहलमा संचारकर्मीलाई स्वास्थ्य समाग्री उपलब्ध गराइएको संस्थाका कार्यक्रम प्रबन्धक नवराज रावतले बताए । आगामी दिनमा पनि कार्कीबाट यस्तो सहयोग निरन्तर रहने उनको भनाई थियो ।
कार्कीले संचारकर्मी सहित प्रहरी प्रशासनलाई दिएको स्वास्थ्य समाग्री पिपिइ सेट २८ थान, फेसिवल २८ थान, मास्क ९ सय पिस, फस्ट एड सेट २८ थान, साबुन १ सय १२ पिस रहेका छन् ।
वि.सं.२०७७ भदौ १० बुधवार २०:३८ मा प्रकाशित




























