back
CTIZAN AD

खेलाडी चन्द्रकला माथि भएको कुटपिटमा राष्ट्रिय खेलकुद परिषदको ध्यानआकर्षण

वि.सं.२०७७ भदौ ११ बिहीवार

690 

shares

काठमाडाैं – राष्ट्रिय किर्तिमानी खेलाडी चन्द्रकला लामादे माथि दलित भएको आधारमा गरिएको कुटपिटलाई राष्ट्रिय खेलकुद परिषदले गम्भिर ध्यानआकर्षण भएको जनाएको छ । आज विहिबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’ ले संविधान प्रदत्त नागरिक हक अधिकार एवं राज्यलाई समेत चुनौती दिने राष्ट्रिय खेलाडी माथि गरिएको व्यवहारले विद्यमान संविधान एवं कानुनलाई नै चुनौती दिएको जनाएका छन् ।

विज्ञप्ति मार्फत उपाध्यक्ष कोइरालाले घटनाका दोषीलाई प्रचलित कानुन बमोजिम हदै सम्मको कारवाही गर्न राज्यका सम्बद्ध निकायलाई आग्रह गरेका छन् । ‘पिडित राष्ट्रिय किर्तिमानी खेलाडीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै राष्ट्रिय खेलकुद परिषदबाट आवश्यक सहयोग एवं पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।

वि.सं.२०७७ भदौ ११ बिहीवार १२:५३ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...