back
CTIZAN AD

नेपाल सरकारलाई एसियाली विकास बैंकले दियो झण्डै २४ अर्ब सहुलियत ऋण

वि.सं.२०७७ भदौ १२ शुक्रवार

744 

shares

१२ भदौ, काठमाडौं । एसियाली बिकास बैंक (एडिबि) नेपाल सरकारलाई झण्डै २३ अर्ब ८८ करोड रुपैंयाँ दक्षिण एसियाली क्षेत्रीय उर्जा ट्रान्सिमिसन तथा बितरण अभिबृद्धि आयोजनाका लागि सहुलियत ऋण उपलब्ध गराउने भएको छ । त्यस्तै नर्बे सरकारले पनि सोहि प्रयोजनका लागि एडीबिको नेत्रित्योमा  करिब सवा चार करोड रुपैंयाँ बराबरको अनुदान सहायत उपलब्ध गराउने भएको छ ।

बिहिबार सम्पन भएको सहमति पत्रमा सरकारका तर्फबाट अर्थ सचिब शिशिर कुमार ढुङ्गाना तथा एडिबिका नेपाल स्थित निर्देशक मुख्तोर खमुदाखनोभका बिच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको छ । त्यस्तै अनुदान सहायतामा पनि नेपाल सरकार र एडिबिकाबिच सहमती पत्रमा हस्ताक्षर भएको छ ।

आयोजना कर्यान्वयन सम्झौतामा नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ् तथा एडिबिका निर्देशक खमुदाखनोभले अर्थ मन्त्रालयमा नै हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा अर्थ सचिब ढुङ्गानाले एसियाली बिकास बैंक नेपालको उर्जा क्षेत्रको बिकासका लागि महत्वपूर्ण साझेदार भएको बताएका छन् । ढुङ्गानाले यो कार्यक्रमले ४०० केभी प्रसारणलाई र सार्क क्षेत्रका लागि क्षेत्रिय क्रस बोर्डर ट्रान्सिमिसन लाईनको अबधारणलाइ पूर्ती गर्ने बताए । त्यस्तै भारतसंग हुने क्रसबोर्डर उर्जा आदान प्रदानका लागि सहयोगी बन्ने तथा कूल जनसंख्याको २० प्रतिशत जनसंख्या अहिले पनि जलबिद्युतको राष्ट्रिय प्रसारणभन्दा बाहिरै रहेको तथा गुणस्तरिय उर्जाको कमजोर बितरण प्रणली रहेको प्रदेश नं २ का लागि पनि सहयोगी हुने बताए ।

अहिलेको उर्जाको संजालले आगामी केहि बर्षसम्म उर्जाको मागमा निरन्तर बृद्धिहुने अपेक्षा गरेको बताउदै नेपाल स्थित एडिबिका प्रतिनिधि खमुदाखनोभले यसलाई प्रथमितामा राख्नु पने बताए ।

एडिबिले उपलब्ध गराउने सो कर्जा पहिलो आठ बर्ष १ प्रतिशत ब्याजदरले र बाँकी २४ बर्ष १.५ प्रतिशत ब्याजदरले ३२ बर्ष समयाबधिको हो ।

त्यस्तै नर्बेले गरेको अनुदान सहयोग पनि उर्जाकै क्षेत्रमा खर्च गर्ने गरि उपलब्ध हुन लागेको हो । त्यो रकम भने प्रदेश नं २ को प्रसारण लाईनको क्षमता बढाउन तथा सो क्षेत्रमा रहेका बिद्युतमा आधारित उद्योगको बिकासका लागि खर्च गर्नुपर्ने छ ।

उक्त सहुलियपूर्ण कर्जा र अनुदानलाई अर्थमन्त्रालयले नेपाल बिद्युत प्रधिकरणलाई तोकिएका कार्यक्रमहरु कार्यन्वयनका लगि उपलब्ध गराउने छ ।

वि.सं.२०७७ भदौ १२ शुक्रवार १६:०५ मा प्रकाशित

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट,...

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एस २६ प्लसले सीमित अवधिका...

सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर– नेपाल’ विधामा अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत

सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर– नेपाल’ विधामा अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार...

एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

काठमाडौँ । यसवर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति...

विपद् मा नसर्ने रोगी उच्च जोखिममा : भजनी र लालझाडीद्वारा ‘पेन डी प्याकेज’ लाई नीति तथा कार्यक्रममा समावेश गराउँदै

विपद् मा नसर्ने रोगी उच्च जोखिममा : भजनी र लालझाडीद्वारा ‘पेन डी प्याकेज’ लाई नीति तथा कार्यक्रममा समावेश गराउँदै

टीकापुर (कैलाली) । कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकाले...

प्रतिनिधिसभा बैठकः जातीय विभेद अन्त्य गर्न सांसदको माग

प्रतिनिधिसभा बैठकः जातीय विभेद अन्त्य गर्न सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभा सदस्य नीता घतानीले दलित समुदायमाथि हुँदैआएको डेरा...