काठमाडौं । चर्चित अभिनेत्री कंगना रनोट आगामी फिल्म तेजसमा फाइटर पाइलटको रुपमा देखिने भएकी छिन् । यसै वर्षको डिसेम्बरदेखि सुटिङ्ग सुरु हुने भनिएको फिल्ममा कंगना फाइटर पाइलटको रुपमा आउने भएकी हुन् ।
भातरीय सञ्चार माध्यममा प्रकाशित समाचारअनुसार फिल्म एक साहसी र निडर फाइटर पाइलट महिलाको कथामा आधारित छ । भारतीय वायु सेनाले २०१६ मा लडाकुको भूमिकामा पहिलो पटक महिलालाई सहभागी गराएको थियो । त्यहि ऐतिहासिक घटनामा प्रेरित भएर फिल्म निर्माण गरिन लागिएको जनाएको छ ।
शुक्रबार कंगनाले आफ्नो ट्विटर एकाउन्टमार्फत फिल्मको पोस्टर सार्वजनिक थिइन् । जसमा कंगनालाई फाइटर पाइलटको गेटअफमा देखिएको छ ।
रोनी स्क्य्रुवालाको निर्माणमा बन्न लागेको फिल्म तेजसलाई सर्वेश मेवडाले निर्देशन गर्नेछन् । जसमा कंगनासँगै अन्य चर्चित कलाकारको पनि उपस्थिति रहने जनाइएको छ ।
#Tejas to take-off this December! ✈️ Proud to be part of this exhilarating story that is an ode to our brave airforce pilots! Jai Hind ?? #FridaysWithRSVP@sarveshmewara1 @RonnieScrewvala @rsvpmovies @nonabains pic.twitter.com/2XC2FgnQKb
— Kangana Ranaut (@KanganaTeam) August 28, 2020
वि.सं.२०७७ भदौ १२ शुक्रवार १५:२८ मा प्रकाशित





























