back
CTIZAN AD

नेकपा सचिवालय बैठक भदौ १८ सम्मका लागि स्थगित

वि.सं.२०७७ भदौ १२ शुक्रवार

765 

shares

काठमाडौं । शनिबारका लागि तय भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक अन्तिम समय स्थगित भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रबार भएको छलफलसँगै बैठक स्थगित भएको हो ।

बैठक आगामी भदौ १८ मा बस्ने गरि सारिएको बालुवाटार स्रोतले जानकारी दिएको छ । बैठक कोरोनाको कारण सारिएको नेकपाले जनाएको छ ।

जनाइएअनुसार सचिवालय सदस्यसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ आइसोलेसनमा बस्नुपर्ने भएकाले बैठक स्थगित गरिएको हो । जनाइएअनुसार सीसीएमसीका कार्यालय सहयोगीमा कोरोना संक्रमण देखिएसँगै दुवै नेता होम आइसोलेसनमा छन् ।

शनिबार बस्ने सचिवालय बैठकमा पार्टी विवाद समाधानका लागि नेकपा कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल गर्ने कार्यक्रम थियो । गत शनिबार कार्यदलले पार्टी विवाद समाधान गर्न सुझावसहितको प्रतिवेदन दुई अध्यक्षलाई बुझाएको थियो ।

पार्टीभित्र विवाद चरमता तिर पुगेसँगै गत साउन ३० मा कार्यदल गठन गरि विवाद समाधानको उपाय खोजिएको थियो ।

वि.सं.२०७७ भदौ १२ शुक्रवार १५:०५ मा प्रकाशित

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट,...