back
CTIZAN AD

शुल्क तिरेर मात्रै खोला तर्न पाइन्छ

वि.सं.२०७७ भदौ १२ शुक्रवार

714 

shares

 

कञ्चनपुर – कञ्चनपुर बेदकोट नगरपालिकाको दैजीमा पर्ने बल्मा नदीमा पुल निर्माणको कार्य समयमै नसकिँदा दक्षिणी क्षेत्रका तीन स्थानीय तहका बासिन्दाले शुल्क तिरेर खोला तर्नुपर्ने अवस्था रहेको छ । बर्खामा खोला बढेपछि दक्षिणी क्षेत्रका बासिन्दा जोखिम मोलेर खोला तर्न बाध्य भएका छन् ।

पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका र बेल्डाँडी गाउँपालिकाका बासिन्दा बल्मा नदीमा दैनिकरुपमा आवतजावत गर्दै आएका छन् । दैजीबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै दक्षिणी क्षेत्र जान यो बाटो छोटो दूरीको छ । अहिले यस क्षेत्रमा हुलाकी राजगमार्ग निर्माण भइरहेको छ । बल्मा खोलामा चार वर्षअघि पुल निर्माणका लागि ठेक्का भए पनि अहिलेसम्म निर्माण सकिएको छैन ।

खोला बढेर तर्न नसकेपछि अहिले सर्वसाधारणले शुल्क तिरी खोला वारपार गर्दै आएका छन् । मानिस, सवारीसाधन र सामान तार्न रु १०० देखि रु ३०० सम्म तिर्नुपर्ने अवस्था छ । बेलडाँडीका स्थानीय बासिन्दा जगत चौधरीले खोला तर्न पनि शुल्क तिर्नुपर्ने बाध्यता अझै हट्न नसकेको बताए । लामो दूरी तय गरेर खोलासम्म पुग्दा बाढीको पानी नघट्दा घर फिर्ता हुनुपर्ने अवस्थासमेत व्यहोरेको अर्का स्थानीय सियाराम रानाले बताए ।

चार वर्षअघि एमएसकेएस एडभेञ्चर नन्देगडा जेभीले सडक डिभिजन कार्यालयसँग २०७४ पुस २६ गतेभित्र पुल निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो । त्यसपछि दुई वर्ष म्याद थप गरिए पनि पूरा भएको छैन । महेन्द्रनगरबाट दक्षिण क्षेत्र जाने सवारीसाधन पनि बाढीको समयमा किनारमा थन्किएर बस्ने गरेका छन् । ती सवारी पानीको सतह घटेपछि मात्रै गन्तव्यतर्फ जाने गरेका छन् । कूल ९७ मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल निर्माणका लागि रु छ करोड ८० लाखमा ठेक्का दिइएको छ । बल्मा खोलाले बेदकोट र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई छुट्याएको छ ।

वि.सं.२०७७ भदौ १२ शुक्रवार १४:४१ मा प्रकाशित

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...