back
CTIZAN AD

डा. लोहनी प्रधानमन्त्रीलाई भन्छन् ‘कृपया नेपाली झन्डालाई सस्तो प्रयोग नगर्नुस्’

वि.सं.२०७७ भदौ १६ मंगलवार

858 

shares

१६ भदौ, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली झन्डाको सस्तो प्रयोग नगर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलिले नेपाली झण्डा प्रिन्ट भएको मास्क लगाएको प्रति लक्षित गर्दै नेता लोहनीले मास्कमा झण्डा राखेर लगाउँदैमा राष्ट्रवादी नभइने बताएका छन् । उनले भनेका छन् ‘मास्क या टोपी या दौरा सुरुवालमा नेपालको झन्डा राखेर राष्ट्रवादि भइदैँन ।’

उनले राष्ट्रियता मास्कमा छापेको झन्डामा होइन कोविड १९ को कुशल व्यवस्थापनमा देखाउनु पर्ने बताएका छन् । ‘राष्ट्रियता मास्कमा छापेको झन्डामा होइन कोविड को इमान्दारी र कुसल ब्यबस्थापन मा देखिनु प¥र्याे’, उनले भनेका छन् ।

अध्यक्ष लोहनीले सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई राष्ट्रवादी हुन गर्नुपर्ने भन्दै ५ बुँदे सुझावसमेत दिएका छन् ।

उनले भनेका छन्  :

सम्माननीय प्रधान मन्त्रि जी
तपाई ले लगाउने मास्क मा झन्डा राखेर तपाई ले आफु राष्ट्रबादि भन्ने संदेश दिन खोजेको देखे। मास्क या टोपी या दौरा सुरुवाल मा नेपाल को झन्डा राखेर राष्ट्रबादि भइदैन। यदि तपाईलेआफुलाई राष्ट्रबादि भन्ने हो भने हाल लाई निम्न बमोजिम गर्नोस:

(१) सरकारी प्रसासन, शिक्षण संस्थानहरु, न्यायालय तथा संबैधानिक अंगहरुमा नाताबाद , कृपाबाद, भागबन्डा र दलियकरण लाई हटाउदै क्षमता र उत्कृष्टता लाई लागु गर्ने मान्यता कठोरता का साथ लागु गर्नोस ।

(२) दिन दहाडै हवाइजाहज देखि औषधी किन्ने सम्म मा भ्रस्टाचार र लुट गर्ने तपाई का सहयोगी हरु लाई कानुन को दयारा मा ल्याउने नैतिक साहस र इमान्दारी देखाउनुस।

(३) देस मा तपाई को पार्टी र अन्य पार्टी का उच्चा नेता हरु को सम्पत्ति जाच गर्ने राष्ट्रिय आयोग घोसना गर्नुस ।

(४) आफुले पुरा गर्न नसक्ने या नजानेको कुरा मा धेरै गफ नहाक्नुस। बेसार पानि ले कोरोन भागछ भन्ने जस्ता कुरा गरेर देस को प्रधान मन्त्रि लाई हासो को पात्र नाबनाउनुस ।

(५)राष्ट्रियता मास्क मा छापेको झन्डामा होइन कोविड को इमान्दारी र कुसल ब्यबस्थापन मा देखिनु पर्यो , कोविड पिडित जनता लाई राहत मा देखिनुपर्यो , भ्रस्टाचार माथि कठोर कारबाई मा देखिनु परयो , आर्थिक अनुसासन मा देखिनु पर्यो ,सरकारी न्याय मा देखिनु परयो
कृपया नेपाली झन्डा लाई सस्तो प्रयोग नगर्नुस।

वि.सं.२०७७ भदौ १६ मंगलवार १०:१९ मा प्रकाशित

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने...

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...