back
CTIZAN AD

पर्वत अस्पतालमा पहिलोपटक बिरामीमा रगत ट्रान्सफर

वि.सं.२०७३ पुस १९ मंगलवार

1.1K 

shares

 १९ पुस,फलेवास (पर्वत) । पर्वत जिल्ला अस्पतालमा पहिलोपटक बिरामीलाई रगत दिन थालिएको छ ।

सोमबार पहिलोपटक बागलुङ जिल्ला पैयुँपाटा– ८ की मधु केसीलाई रगत चढाएर सफल परीक्षण गरिएको हो ।

जिल्ला अस्पतालमा सुत्केरी भएकी खत्रीलाई अत्यधिक रक्तस्राव भइ सात मिलिग्राम डेसिलिटर पुगेपछि चिकित्सक सरोजचन्द्र दहालले रगत चढाएर सफल परीक्षण गर्नुभएको हो ।

सामान्यतया महिलाको शरीरमा १२ देखि १६ मिलिग्राम डेसिलिटर रगत हुनुपर्छ । अहिले खत्रीलाई एक पिन्ट रगत चढाएपछि अवस्था सामान्य बन्दै गएको छ । ‘ए’ पोजिटिभ रक्त समूह भएकी सुत्केरी महिला मधु केसीलाई उहाँकै श्रीमान् रामलाल खत्रीको पनि सोही रक्त समूहको रगत भएकाले निकालेर प्रदान गरिएको चिकित्सक दहालले जानकारी दिनुभयो ।

उपकरणको अभावले शरीरमा रगत कम भएपछि आवश्यक रगत चढाउन नपाउँदा बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था रहेकामा यहाँ रक्तसञ्चार केन्द्र स्थापना गरिएपछि रगत लिन र दिन सहज भएको हो ।

जिल्ला अस्पतालले विगत केही महिनादेखि शल्यक्रिया सेवा सञ्चालन गरेसँंगै नेपाल रेडक्रस सोसाइटिको व्यवस्थापन र जिल्ला अस्पतालको सहयोगमा रक्तसञ्चार केन्द्र सञ्चालन गरिएको थियो ।

वि.सं.२०७३ पुस १९ मंगलवार ०८:०४ मा प्रकाशित

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार...

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन । यहाँस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति,‘रजिष्ट्रार’...

काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन

काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन

काभ्रेपलाञ्चोक । काभ्रेलाई नसर्ने रोगको सिकाइ केन्द्र बनाइने भएको छ...

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...