back
CTIZAN AD

नेपाली सेनाले एकैदिन तयार पा¥यो २२५ श्ययाको आइसोलेसन वार्ड

वि.सं.२०७७ भदौ २२ सोमवार

732 

shares

२२ भदौ,भक्तपुर, । नेपाली सेनाको वीरदल गण सूर्यविनायकले एकै दिनमा २२५ श्ययाको आइसोलेशन वार्ड तयार पारेको छ । कोभिड–१९ को महामारी बढ्दै गएपछि अग्रभागमा रहेर काम गर्ने सेना र तिनका आश्रित परिवारमा कोरोना सङ्क्रमण भए उपचारका लागि राख्न आइसोलेशन वार्ड तयार पारेको हो ।

कोरोना सङ्क्रमण बढ्दै जाँदा उपत्यकाका अस्पतालमा आइसोलेसन अभाव हुदै गएपछि नेपाली सेनाले सैनिकका लागि छुट्टै तयार पारेको हो ।

नेपाली सेनाको उपत्यका पृतनाअन्र्तगत वीरदल गणले एकै दिनमा सैनिक आवासीय महाविद्यालय सल्लाघारीस्थित क्याम्पसको बिबीए ब्लकमा १५० र गणमा ७५ श्यया गरी कुल २२५ श्ययाको आइसोलेशन वार्ड तयार पारेको हो । गणका गणपति प्रमुख सेनानी शिवप्रसाद पौडेलले माथिबाट निर्देशन प्राप्त हुने बित्तिकै गणको टिमले महाविद्यालयको भवनको २५ कोठामा प्रति कोठा छदेखि १०सम्म बेड रहेको १५० श्ययाको आइसोलेशन वार्ड एकदिनमा तयार पारेको बताए ।

यहाँ मंगलबारदेखि नै सङ्क्रमित सैनिकलाई राखेर उपचार शुरु गर्ने भएको छभने सूर्यविनायकस्थित वीरदल गणमा तयार पारेको ७५ श्यया क्षमताको आइसोलेसन भने आजै सङ्क्रमित सैनिकले भरिएको उनले जानकारी दिए ।

आइसोलेसनको व्यवस्थापन र सुरक्षाको जिम्मेवारी सेनाको उपत्यका पृतनाअन्तर्गतको वीरदल गणले गर्ने भएको छ । चिकित्सकीय सहितको स्वास्थ्यकर्मीको टोली, फोहोर व्यवस्थापन, खानपिनमा भने नेपाली सेनाको विरेन्द्र अस्पताल छाउनीले व्यवस्थापन गर्ने भएको छ । सैनिकका दुईवटै आइसोलेसनमा चिकित्सक पाँच/पाँच जनाको स्वास्थ्य टोली परिचालन भएको छ ।

कोरोना सङ्क्रमण बढ्दै जाँदा उपत्यकाका अस्पतालमा आइसोलेसन अभाव हुदै गएपछि नेपाली सेनाले सैनिकका लागि छुट्टै तयार पारेको हो । प्रमुख सेनानी पौडेलले भने, “उपत्यकामा आइसोलेसनको अभाव हुदै गएको छ, यो अवस्थामा सङ्क्रमित सेना र आश्रित परिवारलाई छुट्टै व्यवस्था गर्न सके उनीहरुले ओगटेको आइसोलेसन सर्वसाधारणका लागि प्रयोग गर्न थप सहयोग हुन्छ भनेर यो तयार भएको हो ।”

यसअघि पनि चीनको वुहानबाट सरकारले उद्धार गरी ल्याएका विद्यार्थी राख्न खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको भवनमा २०० जना क्षमताको क्वारेन्टिनलाई २०८ श्ययाको आइसोलेसन, सानोठिमीको प्राविधिक प्रशिक्षण केन्द्र र युसेप तथा बोडेको कृषि विकास बैंकको भवनमा आइसोलेसनको व्यवस्थापन पनि वीरदल गणले नै गरेको थियो ।(रासस)

वि.सं.२०७७ भदौ २२ सोमवार १९:३८ मा प्रकाशित

सङ्घीयता क्रमशः व्यवस्थित हुँदै गएको छः मुख्यमन्त्री आचार्य

सङ्घीयता क्रमशः व्यवस्थित हुँदै गएको छः मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको नेतृत्व...

हिमालमा परेको असर न्यूनीकरणको विषय प्राथमिकतामा

हिमालमा परेको असर न्यूनीकरणको विषय प्राथमिकतामा

काठमाडौँ । नेपाली कांग्रेसले हिमालमा परेको असर न्यूनीकरणको खोजीदेखि समग्र...

इजरायल-हिजबुल्लाह संघर्षमा इजरायली सैनिकको मृत्यु, सीमा क्षेत्रमा तनाव बढ्दै

इजरायल-हिजबुल्लाह संघर्षमा इजरायली सैनिकको मृत्यु, सीमा क्षेत्रमा तनाव बढ्दै

इजरायल  । इजरायली सेनाले बिहीबार जनाएको अनुसार लेबनान सीमाना नजिक...

पन्ध्र लाख ९० हजार हेक्टरमा पुग्यो सिँचाइ सुविधा

पन्ध्र लाख ९० हजार हेक्टरमा पुग्यो सिँचाइ सुविधा

काठमाडौँ । सरकारको प्रभावकारी व्यवस्थापनका कारण मुलुकभित्र क्रमशः सिँचाइयोग्य क्षेत्रफल...

एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात

एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज (पर्सा) । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १०...

पैतालिस सार्वजनिक संस्थानमध्ये अधिकांश कमजोर

पैतालिस सार्वजनिक संस्थानमध्ये अधिकांश कमजोर

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा...