back
CTIZAN AD

वडाध्यक्ष कैद भुक्तानका लागि कारागार चलान

वि.सं.२०७७ भदौ २२ सोमवार

714 

shares

२२ भदौ, तनहुँ । किर्ते नागरिकता बनाउन सहयोग पु¥याएको आरोपमा तनहुँ जिल्ला अदालतबाट दोषी ठहर भएका भानु नगरपालिका–५ का वडाध्यक्ष प्रकाश मल्ल कैद भुक्तानका लागि कारागार चलान भएका छन् ।

विसं २०५४ मा साविक गजरकोट गाउँ विकास समिति–४ का अम्बरबहादुर थापाका छोरा राजुलाई सोही ठाउँका होमबहादुर थापाका छोरा भन्ने झुठो विवरण बनाई नागरिकताको प्रमाणपत्र निकाल्न सहयोग गरेको आरोपमा वडाध्यक्ष मल्ल आज कारागार चलान भएका हुन् । वडाध्यक्ष मल्ललाई प्रहरीले आजै पक्राउ गरेको थियो ।

जिल्ला अदालतका निमित्त श्रेस्तेदार जीवनकुमार पौडेलले मल्ललाई कैद भुक्तानका लागि कारागार चलान गरिएको जानकारी दिए । मल्लविरुद्ध जिल्ला अदालतले विसं २०५५ वैशाख २ गते दोषी ठहर गरी एक वर्ष कैदको फैसला सुनाएको थियो । अदालतको फैसलापछि पनि मल्ल पक्राउ परेका थिएनन् । उनी नेपाली काङ्ग्रेसका तर्फबाट गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए।

वडाध्यक्ष मल्लविरुद्ध बेलायती सेनाका लाहुरे होमबहादुरलाई रु दुई लाख दिई राजुलाई उनको छोरा भनी जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्र बनाउन सेटिङ मिलाएको आरोप लागेको थियो ।

वि.सं.२०७७ भदौ २२ सोमवार १९:५४ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...