back
CTIZAN AD

एम्बुलेन्स किन्न गलकोट समाज जापानबाट रु ११ लाख सहयोग

वि.सं.२०७७ भदौ २२ सोमवार

1.5K 

shares

२२ भदौ, बागलुङ । गलकोट समाज जापानले ताराखोला गाउँपालिकालाई एम्बुलेन्स किन्नका लागि रु ११ लाख उपलब्ध गराएको छ । ग्रामीण भेगका सर्वसाधारणलाई स्वास्थ्य सेवामा सहजता होस् भनेर एम्बुलेन्स सहयोग गरिएको समाजका अध्यक्ष दिलु खत्रीले बताए । “समयमा उपचार नपाएकै कारण कसैले पनि ज्यान गुमाउनु नपरोस्”, उनले भने ।

गाउँपालिकासँग यसअघि भएको एम्बुलेन्स बिग्रिएर थन्किएपछि कोरोना सङ्क्रमित बोक्नसमेत भाडाको सवारीसाधन चलाउनुपर्ने बाध्यता छ ।

गत अङ्ग्रेजी नयाँ वर्षमा जापानका विभिन्न शहरमा आयोजित साङ्गीतिक कार्यक्रमबाट सङ्कलित रकम एम्बुलेन्सका लागि प्रदान गरिएको उनको भनाइ छ । समाजले केही वर्षअघि गलकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई पनि एम्बुलेन्स दिएको थियो ।

एम्बुलेन्स खरीद प्रक्रिया शुरु भइसकेको र दशैँ अगावै सेवा सञ्चालन गरिने गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए ।  गाउँपालिकासँग यसअघि भएको एम्बुलेन्स बिग्रिएर थन्किएपछि कोरोना सङ्क्रमित बोक्नसमेत भाडाको सवारीसाधन चलाउनुपर्ने बाध्यता छ । हालसम्म जिल्लाका कुनै पनि स्थानीय तहले आफ्नै स्वामित्व र स्वव्यवस्थापनमा एम्बुलेन्स सेवा दिन सकेका छैनन् ।

अहिले पनि अस्पताल, रेडक्रसलगायत संघसंस्थाले चलाएका एम्बुलेन्सका भरमा स्थानीय तह छन् । कोरोना महामारी शुरु भएपछि सङ्क्रमित बोक्नुपर्दा एम्बुलेन्स चालक नै भाग्ने, आनाकानी गर्नेसम्मका घटना जिल्लामा भएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत आवमै देशभरका स्थानीय तहमा अनिवार्य एम्बुलेन्स सेवाको प्रावधान ल्याए पनि यहाँ त्यसको कार्यान्वयन हुन सकेको छैन ।

मन्त्रालयको नीतिअनुसार महानगरपालिका र उपमहानगरपालिकामा चारचार, नगरपालिकामा तीन र गाउँपालिकामा दुई एम्बुलेन्स हुनुपर्छ । स्थानीय तहले एम्बुलेन्स किन्दा राजश्व छुटको सुविधा छ ।

कोरोना सङ्क्रमित तीन सय

जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या तीन सय छ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार हालसम्म निको हुनेको सङ्ख्या २७९ छ भने एक जनाको मृत्यु भएको छ ।

आइसोलेशनमा रहेका सङ्क्रमितको सङ्ख्या २६ छ भने क्वारेन्टिनमा ७२ जना छन् । पछिल्लो पटक आइतबार काठेखोला गाउँपालिकाका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

जिल्लामा पहिलो पटक गत चैत १५ गते कोरोना देखिएको थियो जुन नेपालकै पाँचौँ सङ्क्रमणको घटना थियो । त्यसयता भारतबाट आएका अधिकांश व्यक्तिमा कोरोना देखिए पनि पछिल्लो समय समुदायमा सङ्क्रमित भेटिन थालेका छन् ।

जिल्लामा अहिलेसम्म झण्डै सात हजारको पिसिआर परीक्षण गरिएको कार्यालयले जनाएको छ । सबैभन्दा बढी बागलुङ नगरपालिकामा ५४ र सबैभन्दा कम तमानखोला गाउँपालिकामा सात जनामा सङ्क्रमण देखिएको छ । (रासस)

वि.सं.२०७७ भदौ २२ सोमवार २०:०६ मा प्रकाशित

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

डेनभर। नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै...

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...