back
CTIZAN AD

सार्क विद्यालयद्वारा ‘ओपन बुक’ परीक्षा सञ्चालन

वि.सं.२०७७ भदौ २२ सोमवार

852 

shares

 युरोपियन देशले अपनाएको यो परीक्षा प्रणाली नेपालमा सम्भवतः सार्क स्कुलमा पहिलो पटक प्रयोगमा ल्याइएको छ ।

२२ भदौ, कञ्चनपुर । भीमदत्त नगरपालिकास्थित सार्क विद्यालयले विद्यार्थीका लागि ‘ओपन बुक’ परीक्षा सञ्चालन गरेको छ । कोरोना भाइरस सङ्क्रमणमा अनलाइन कक्षा सञ्चालन गरी ओपन बुक परीक्षा गरिएको हो । युरोपियन देशले अपनाएको यो परीक्षा प्रणाली नेपालमा सम्भवतः सार्क स्कुलमा पहिलो पटक प्रयोगमा ल्याइएको छ ।

विद्यालयका प्रधानाध्यापक सुर्य घिमिरेले कोरोना सङ्क्रमणमा अनलाइन कक्षा सञ्चालन गरी विद्यार्थीको शैक्षिक अवस्था सुधारमा टेवा पु¥याउन ओपन बुक परीक्षा गरिएको बताए । कोरोना सङ्क्रमणले विद्यालय सञ्चालन हुने अवस्था नभएपछि कक्षा नर्सरीदेखि १० सम्मका विद्यार्थीका लागि अनलाइन कक्षा सञ्चालन गरिएको छ ।

प्रधानाध्यापक घिमिरेले लकडाउनले शिक्षक विद्यार्थीको भौतिक उपस्थिति विना गरिएको अनलाइन कक्षा सञ्चालन गरी लिइएको परीक्षामा पढाइमा कमजोरी नआएको देखिएको बताए । विद्यार्थीको पढाइ तथा लेखाइमा कुनै कमि नआएको देखिएको उनले जानकारी दिए ।

परीक्षामा मौलिक, रचनात्मक र खोज तथा अनुसन्धानात्मक प्रश्नबाट विद्यार्थीको सिकाईको लेखाजोखा राम्ररी गरिएको पाइएको छ । विद्यालयका अनुसार परीक्षामा ८० प्रतिशत विद्यार्थीले प्रश्नपत्र लिएकामा इमेल, कुरियर र मेसेन्जरबाट उत्तर पठाएका छन् । इमेलसहितका साधनको पहुँचमा नभएका विद्यार्थीलाई वैकल्पिक माध्यमबाट परीक्षाको मापदण्डभित्र समेटिने प्रधानाध्यापक घिमिरेले जानकारी दिए ।

बीस मिनेट प्रस्तुती, २० मिनेट शिक्षक र विद्यार्थीबीच अन्तरक्रिया तथा १० मिनेट विद्यार्थी÷विद्यार्थीबीच अन्र्तक्रिया र बाँकी १० मिनेट निचोड तथा गृहकार्य राखिएको प्रधानाध्यापक घिमिरेले बताए । सार्कले आफ्नो छुट्टै एप्सबाट पढाइ भइरहेको र त्यसमा गृहकार्य अपलोड गर्न मिल्ने तथा गृहकार्य स्वतः जाँच हुने व्यवस्था गरिएको छ । सार्कले अन्य विद्यालयले पनि अनलाइन कक्षा र ओपन बुक परीक्षा सञ्चालन गर्न चाहेमा सार्क एप्स र आइडी तथा पासवर्ड उपलब्ध सहयोग गरिने प्रधानाध्यापक घिमिरे बताए । (रासस)

वि.सं.२०७७ भदौ २२ सोमवार २०:२४ मा प्रकाशित

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १०...