back
CTIZAN AD

कोरोना भाइरस विरुद्धको रुसी खोप भारतमा पनि परीक्षण गरिने

वि.सं.२०७७ भदौ २३ मंगलवार

573 

shares

भदौँ २३ । रुसमा विकास गरिएको कोरोनाभाइरसविरुद्धको खोप भारतसहितका केही देशहरुमा पनि परीक्षण गरिने भएको छ ।

स्पुत्निक पाँच नाम दिइएको सो खोपको भारतसहितका केही देशमा यसै महिनामा परीक्षण गर्न लागिएको रुसी अधिकारीहरुले जनाएका छन् ।

रुसी लागानी कोषका प्रमुख कार्यकारी अधिकृत किरिल दिमित्रिभले सोमबार दिएको जानकारी अनुसार भारत बाहेक साउदी अरब, युनाइटेड अरब इमरेट्स् ९युएई०, फिलिपिन्स, ब्राजिलमा पनि खोपको परीक्षण हुन लागेको हो ।

यो खोपको पहिलो र दास्रो चरणको परीक्षण रुसमै भएको थियो । अब तेस्रो चरणको परीक्षण गर्न लागिएको उनले बताए ।

यो परीक्षणको नतिजा आगामी अक्टोबरदेखि नोभेम्बरसम्ममा प्रकाशित हुनसक्ने उनले बताएका छन ।

सो कोषले गत अगस्ट ११ मा यो खोप विकास गरिएको घोषणा गरेको थियो । सो घोषणासँगै विश्वभरी आशा र खुशीयाली छाएको थियो । अहिलेसम्मको परीक्षणमा सकारात्मक नतिजा आएकाले यो खोप उपयोगी हुनसक्ने विश्वास गरिएको छ ।

वि.सं.२०७७ भदौ २३ मंगलवार ०७:३० मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...