back
CTIZAN AD

यस्तो छ तपाईको आज (मंगलबार) को राशिफल, आज क-कसलाई छ त शुभ ?

वि.सं.२०७७ भदौ २३ मंगलवार

885 

shares

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ । काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ । हतारमा निर्णय लिँदा काम दोहोर्याउनुपर्ने हुन सक्छ । तापनि दिगो काम सुरु गर्ने समय छ । धेरै बोल्दा समस्या आउन सक्छ । हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला । अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ ।

बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
खर्च बढ्नुका साथै अर्थअभावले सताउनेछ । व्यवसायमा फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावित छ । दिउँसोदेखि महत्त्वाकांक्षी काम प्रारम्भ हुनेछ । आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले उत्साह जगाउनेछन् ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । श्रमको उचित मूल्य पाइनेछ। आम्दानी बढ्नेछ । रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ । दिउँसोदेखि अवसरका लागि केही दौडधुप गर्नुपर्ला । व्यवसायमा थप लगानी आवश्यक पर्नेछ । भैपरी आउने समस्याले खर्च बढ्नेछ भने आलस्य गर्ने बानीले पछि परिनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ला ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । दिउँसोदेखि गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ । आयआर्जनका नयाँ स्रोतसमेत फेला पर्नेछन् । पुरानो समस्या सुल्झानाले विभिन्न अवसर प्राप्त हुनेछन् । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
समाजमा विवादास्पद काम गर्नुपर्दा समस्यामा परिनेछ । ईर्ष्यालु मन भएकाहरूले सताउनेछन्। अरूका काममा धेरै समय व्यतीत गर्नुपर्नेछ । हडबडको त्रुटिले काम दोहोर्याउनुपर्ने हुन सक्छ । दिउँसोदेखि चुनौतीहरू पन्छाउँदै चिताएको काम बनाउन सकिनेछ । सानो प्रयत्नले धेरैको भलाइ हुन सक्छ । रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले लक्ष्यमा पुर्याउनेछ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अस्वस्थताले काममा बाधा पुग्न सक्छ । खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला । समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन् भने बुद्धिले लक्ष्य पहिल्याउन सकिनेछ । दिउँसोदेखि स्थिति केही अनुकूल बन्नेछ । श्रम परे पनि लगनशीलताले केही उपलब्धि दिलाउन सक्छ । समयमा काम सम्पादन गर्न नसकिए पनि दिगो योजना बनाउन सकिनेछ ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
विभिन्न अवसरले पछ्याउनेछन् । रमाइलो व्यापारिक यात्रा हुनेछ । आकर्षक उपहारले उत्साह जगाउनेछ । ज्ञान, कला र व्यक्तित्वमा पनि निखारता आउनेछ । दिउँसोदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने देखिन्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । समयमा सजग नहुँदा कर्मफल अरूले हत्याउने चेष्टा गर्नेछन् ।

बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
पूर्वाह्नमा दिगो फाइदा हुने काम सुरु हुन सक्छ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउनेछ । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । दिउँसोदेखि मनोरञ्जनमा अलमलिँदा काम रोकिन सक्छ। आफन्तजनसँग सुमधुर सम्बन्धका लागि सजग रहनुहोला । लोकाचारका लागि फजुल खर्च बढ्न सक्छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अवसर आए पनि घरेलु समस्याले काममा बाधा पुर्याउनेछ । तापनि चुनौती चिर्दै काम बनाउन सकिनेछ । अध्ययनको लगावले विशेष अवसर दिलाउन सक्छ । सामान्य ठगीमा परिने योग भएकाले होसियार रहनुहोला । दिउँसोदेखि मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । प्रतिष्ठित व्यक्तिहरू नजिकिनेछन् भने नयाँ काम प्रारम्भ हुनेछ ।

मकर-भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहनेछ। आफ्नैले धोका दिन सक्छन् । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउला । दिउँसोदेखि स्थितिमा सुधार आउनाले समस्या सुल्झाउन सकिनेछ । प्रयत्न गर्दा पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । प्रतिस्पर्धीहरूले हार खानेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ । व्यापारमा मनग्गे धनलाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ । दिउँसोदेखि आफन्तबाट सावधानी अपनाउनुहोला । व्यसायमा काम बिग्रनाले केही दौडधुप गर्नुपर्नेछ । साथीभाइ टाढिनाले एक्लोपना अनुभूति हुनेछ ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ । शुभचिन्तकको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । वादविवादमा अघि नसर्नुहोला । दिउँसोदेखि नयाँ योजनातर्फ अग्रसर भइनेछ । अग्रजहरूको सहयोग जुट्नाले राम्रै काम गर्न सकिनेछ । गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ । आयआर्जन बढ्नेछ ।

वि.सं. २०७७ भदौ २३ मंगलवार (इ.स. २०२० सेप्टेम्बर ८)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

यस्तो छ तपाईको आज (सोमबार) को राशिफल, आज कुन राशिका हुन्छन् त लाभान्वित ?

वि.सं.२०७७ भदौ २३ मंगलवार ०७:४३ मा प्रकाशित

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १०...

अन्तरराष्ट्रिय सम्बन्धमार्फत विकास र लगानी विस्तारमा सरकार केन्द्रित छः परराष्ट्रमन्त्री

अन्तरराष्ट्रिय सम्बन्धमार्फत विकास र लगानी विस्तारमा सरकार केन्द्रित छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको अन्तरराष्ट्रिय सम्बन्धलाई देशको विकास,...