back

मूर्तिचोर खोज्न विशेषज्ञ कुकुर जुम्लामा

वि.सं.२०७३ पुस १९ मंगलवार

570 

shares
GLOBAL IME AD
NTC AD

१९ पुस, जुम्ला । जुम्ला चन्दननाथ मन्दिरबाट चोरिएका मूर्ति आज विहान भेटिएपछि मूर्ति चोरलाई तत्काल पक्राउ गर्न विशेष कुकुरसहित केन्द्रीय अनुसन्धान ब्यूरोका दुई सदस्यीय टोली जुम्ला आइपुगेका छन् ।

अनुसन्धानबाट सकेसम्म दोषी चाँडो पत्ता लागोस् भन्ने उद्देश्यले विशेष कुकुर सहितको केन्द्रीय ब्यूरो टोलीलाई जुम्ला बोलाइएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताउनुभयो ।

उहाँका अनुसार आज अपरान्ह ३ः२० बजे जुम्ला आइपुगेका सो टोलीले तत्काल मूर्ति फेला परेको स्थान देपालगाउँतर्फ लागेका छन् ।

आज बिहान ८ः०० बजे प्रहरीले देपालगाउँ गाविसस्थित ढुङ्ग्री खोलामा फालिएको अवस्थामा मूर्ति भेटाएको हो । भेटिएका मूर्तिमा पित्तलबाट निर्मित विष्णु, गणेश, बालगोपाल, मुकुट, पद्मासनमा बसेको अर्को मूर्ति, बुद्धको ठूला र साना दुई मूर्ति, बुद्धले ध्यान गरेको मूर्ति, कृष्ण बालगोपालले मुरारी समातेको मूर्ति, पत्थरबाट बनेको हनुमानको मूर्ति तथा पित्तल र तामाका भगवतीका दुई मूर्ति भेटिएको जुम्लाका प्रहरी नायब उपरीक्षक गुरुविष्णु काफ्लेले जानकारी दिनुभयो ।

त्यसैगरी दाहिने शङ्ख एक र बायाँ शङ्ख एक तथा तीन रुद्राक्ष पनि भेटिएको बताइएको छ । “हामीले सुराक पाएअनुसार सदरमुकामबाट बिहान डेढ घन्टाको पैदलपछि ८ः०० बजे मात्र मूर्ति नियन्त्रणमा लिएका थियौं”, उहाँले भन्नुभयो ।

वि.सं.२०७३ पुस १९ मंगलवार १४:३७ मा प्रकाशित

हावा हुरीले अकबरे खुर्सानीमा क्षति पुर्याएपछि किसान चिन्तित

हावा हुरीले अकबरे खुर्सानीमा क्षति पुर्याएपछि किसान चिन्तित

भोजपुर । वर्षासँगै आएको हुरीले खुर्सानी खेतीमा क्षति र्पुयापछि भोजपुरका...

प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशालाको कार्यक्रम सप्पन्न

प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशालाको कार्यक्रम सप्पन्न

देवचुली । प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशाला कार्यक्रम सप्पन्न...

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक-विद्यार्थी हिमालतिर, विद्यालय बन्द

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक-विद्यार्थी हिमालतिर, विद्यालय बन्द

दार्चुला । यहाँको अपी हिमाल गाउँपालिकाका शिक्षक–विद्यार्थी लेकतिर गएपछि विद्यालय...

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

काठमाडौँ । अभिनेता राजेश हमाल आठ वर्षको अन्तरालपछि चलचित्रमा देखिएका...

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिका स्थित मट्टीखानामा साढे ३८ करोडको...

नेपाल-बेलायत संसदीय मैत्री समूहको बैठक जेठ १२ मा

नेपाल-बेलायत संसदीय मैत्री समूहको बैठक जेठ १२ मा

काठमाडौँ । नेपाल–बेलायत संसदीय मैत्री समूहको बैठक यही जेठ १२...