back
CTIZAN AD

काराेबार दैनिकमा सञ्चालक र पत्रकारबीच किचलाे, सम्झौता कार्यान्वयनकाे माग गर्दै सुरू भयाे आन्दोलन

वि.सं.२०७७ भदौ २३ मंगलवार

747 

shares

काठमाडौं । कारोबार दैनिकका पत्रकार तथा कर्मचारीहरुले मंगलबार पनि धर्ना दिएका छन् । तीन वर्ष अघि भएको सम्झौता लागू गर्न र श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनकाे माग गर्दै उनिहरूले आइतबारदेखि धर्ना सुरु गरेका थिए ।

तीन वर्षअघि भएको सम्झौता कार्यान्वयन नभएको भन्दै पत्रकारहरुले सत्याग्रहसहितको आन्दोलनकाे घोषणा गरेका छन् ।

धर्ना कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले मिडिया मालिकहरुलाई श्रमजिविहरुको श्रमको उचित मुल्य दिन माग गरे । कार्यक्रममा बाेल्दै उनले काराेबार दैनिकका मालिक एनआरएनएका पुर्व अध्यक्ष भवन भट्टलाई कर्मचारीहरूकाे श्रम शाेषण गर्ने, दास बनाउने हर्कत बन्द गर्न सुझाए ।

पत्रकार महासंघअन्तर्गतको श्रमजीवी हित प्रवर्द्धन समितिका सह-संयाेजकसमेत रहेका जैसीले विभिन्न मिडिया हाउसमा श्रमजीवीकाे मुद्दालाई लिएर पीडितहरुकाे पक्षमा निरन्तर आन्दाेलनकाे नेतृत्व गर्दै आएका छन् ।

धर्नामा नेपाल प्रेस युनियनका काठमाडौले पनि ऐक्यबद्धता जनाएकाे छ ।

नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय सचिव समेत रहेका धर्मेन्द्र कर्णले आमरण अनसन गर्ने घोषणा गरिसकेका छन् । कारोबार पत्रकार तथा कर्मचारी संघका संयोजक समेत रहेका कर्णले विज्ञप्ति जारी गर्दै अमरण अनसनसम्मको आन्दोलन घोषणा गरेका हुन् ।

यस्तै लकडाउनका बेला जर्वजस्ति निकालिएको भन्दै कारोबार दैनिककै पत्रकार विजय देवकोटा श्रम अदालत गइसकेका छन् । उनले आफूलाई नियम विपरित निकालेको भन्दै अदालतमा केहीदिन अघि मुद्धा दर्ता गरेका हुन् ।

लकडाउनका बेला सञ्चारगृहले पत्रकारहरुलाई जर्वजस्ति निकालेपछि नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको थियो । महासंघले घोषणा गरेको आन्दोलनलाई समर्थन र कारोबार दैनिक भित्रका समस्या समाधान गर्न माग गर्दै देवकोटाले नेपाल पत्रकार महासंघ कारोबार प्रष्तिठान शाखाको सचिवको हैसियतले विज्ञप्ति जारी गरेका थिए । तर, विज्ञप्ति जारी गरेपछि व्यवस्थापनले देवकोटालाई बर्खास्ति गरेको थियो ।

वि.सं.२०७७ भदौ २३ मंगलवार १५:०४ मा प्रकाशित

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महेन्द्रनगर । नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली...

अध्यक्ष ओलीद्वारा इदको शुभकामना

अध्यक्ष ओलीद्वारा इदको शुभकामना

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा...

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण...

सभामुख अर्यालद्वारा बकर इदको शुभकामना

सभामुख अर्यालद्वारा बकर इदको शुभकामना

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले इस्लाम धर्मावलम्बीहरूको पर्व इद–उल–अजहाको अवसरमा...

ठगीको अभियोगमा छ जना पक्राउ

ठगीको अभियोगमा छ जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका नाममा रु ९७ लाख ५८ हजार...

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

गोपालप्रसाद बराल, महोत्तरी । केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान...