२३ भदौ, काठमाडौं । सुनको भाउमा निरन्तर गिरावट आएको छ । सोमबार ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार पनि ३ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको भाउ पनि १० रुपैयाँले घटेर १३१० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनको मूल्य निरन्तर ओरालोतिर, हेर्नुहोस् आज कति छ त प्रतितोला ?
वि.सं.२०७७ भदौ २३ मंगलवार १५:१२ मा प्रकाशित




























