back
CTIZAN AD

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

वि.सं.२०८३ जेठ १३ बुधवार

381 

shares

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको अवसरमा महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–सस्ंकरण ५ को आयोजना गर्ने भएको छ ।

बैंकको अनुसार जेष्ठ १७ गते देखी जेष्ठ २० गतेसम्म चुनिखेल, काठमाण्डौं स्थित रोयल स्पोर्टस् पार्कमा सञ्चालन हुने भएको हो । हरेक वर्ष झै यो वर्ष पनि वार्षिक उत्सवको अवसरमा उक्त क्रिकेट लिग गर्न लागिएको बैंकले जनाएको हो ।

नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरु, बिमा कम्पनीहरु साथै मर्चेन्ट बैंकहरुको सहभागिता रहने क्रिकेट लिग समग्र कर्पोरेट क्षेत्रमा एक प्रतिष्ठित प्रतियोगितको रुपमा रहेको छ । ४ दिनमा कुल ४५ खेलहरु हुने र २४० जना खेलाडीहरु रहने उक्त लिगमा ९ वाणिाज्य बैंकहरु, ७ विकास बैंक, ३ वित्तकम्पनी, १ लघुवित्त कम्पनी, ३ बिमा कम्पनी र १ मर्चेन्ट बैंकको सहभागिता रहने छ । उक्तलिगको उद्घाटन समारोह जेष्ठ १७ गते र समापन तथा पुरस्कार वितरण समारोह जेष्ठ २२ गते हुने छ ।

आज आयोजित पुर्व प्रतियोगिता भेटघाट तथा टाई सिट कार्य क्रममा विजेता तथा उपविजेता ट्रफी र टिम जर्सी सार्वजनिक गरिएको छ भने सोेही कार्यक्रममा टिम कप्तानहरुलाई जर्सी समेत वितरण गरिएको छ ।

लिग कम नक आउट ढाँचामा आयोजना हुने प्रतियोगितामा कुल ४५ वटा खेल खेलिनेछन् । सहभागी २४ टोलिलाई ६ वटा समुहमा विभाजन गरिनेछ जसबाट समुहको उत्कृष्ट एक टिम सुपर सिक्समा प्रवेश गर्ने छन् । खेल १० ओभर प्रतिइनिंग्सको हुनेछ । प्रतियोगितामा माछापुच्छ्रे बैंक लिमिटेड, एनएमबी बैंक लिमिटेड, प्राइमकमर्सियल बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, ऐभरेष्ट बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, सानिमा बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड, गरिमाविकास बैंक लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड, कामना सेवाविकास बैंक लिमिटेड, महालक्ष्मी विकास बैंक लिमिटेड, ज्योतिविकास बैंक लिमिटेड, सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड, आईसीएफसीफाइनान्स लिमिटेड, श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स कम्पनी लिमिटेड, मञ्जुश्री फाईनान्स लिमिटेड, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड, सानिमाजि.आइ.सी इन्स्योरेन्स लिमिटेड, सिदार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड, सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेड र एनआइएमबि एस क्यापिटल लिमिटेडको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता, उपविजेता टिम, म्यानअफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याट्सम्यान, बेस्ट विकेट किपर, बेस्ट फिल्डर, फेयर प्ले अवार्ड लगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको सम्पूर्ण खेलहरुको प्रसारण बैंकको आधिकारिक सामाजिक सञ्जाल(युटयुब च्यानल) तथा नेवा टेलिभिजनतथा नेवा टेलिभिजनको युटयुब च्यानलमार्फत हुनेछ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथगर्दै नेपालीजनताको घरदैलोमाविगत ३२ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवाप्रदानगर्दै आएको यस बैंकको देशभर १०३ शाखाकार्यालयहरु करिब ८ लाखभन्दा बढी ग्राहकहरु रहेका छन् ।

 

वि.सं.२०८३ जेठ १३ बुधवार १४:४२ मा प्रकाशित

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...