back
CTIZAN AD

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

वि.सं.२०८३ जेठ १३ बुधवार

360 

shares

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले लागुऔषध कारोबार, बाढी, पहिरो, विपद् व्यवस्थापन, गुणस्तरीय सडक पूर्वाधार, खानेपानीलगायत समसामयिक विषयमा ध्यानाकर्षण गराए ।

सांसद चन्द्रमोहन यादवले नेपालभरि लागुऔषधको समस्या बढ्दै गएकाले यस विषयलाई गम्भीरतापूर्वक लिन सरकारको ध्यानाकर्षण गराए ।

सांसद जगतप्रसाद जोशीले कैलाली जिल्लाको क्षेत्र नं ३ स्थित मुक्त कमैयालाई वन कार्यालयका कर्मचारीले अनावश्यक रुपमा दुःख दिएको घटनाको निन्दा गर्दै पीडितलाई न्याय दिन अनुरोध गरे ।

सांसद जगदीश खरेल (ललितपुर)ले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत पर्ने महालक्ष्मी नगरपालिकामा खानेपानीको चरम सङ्कट रहेको जानकारी दिँदै खानेपानी समस्याबाट प्रताडित जनताको माग सम्बोधन गर्नेगरी बजेट व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

यसैगरी सांसद जगदीश खरेल (दोलखा)ले पर्यटकीय क्षेत्रका रुपमा परिचित दोलखामा कार्यरत सशस्त्र प्रहरी बलसम्बद्ध केही सुरक्षाकर्मी अहिले पनि टहरामा बस्नुपरेकामा दुःख व्यक्त गर्दै त्यसकिसिमको असहज परिस्थितिबाट मुक्ति दिन सम्बद्ध निकायसँग अनुरोध गरे ।

सांसद जनकराज गिरीले बाजुराको त्रिवेणी नगरपालिकाको बढीमालिका प्रवेशद्वार क्षेत्रस्थित बूढीगङ्गा नदीमा पुल नहुँदा जनताले सास्ती व्यहोर्नु परेको बताउँदै सो स्थानमा तत्काल पुल निर्माणको व्यवस्था होस् भने ।

सांसद जयपति रोकायाले दैनिक आठ घण्टासम्म लोडसेडिङको समस्या व्यहोरिरहेका हुम्लाका जनताको समस्या समाधान गर्न अनुरोध गरे ।

सांसद झविलाल डुम्रेले प्रमुख अन्नबालीका रुपमा रहेको धान र मकैकोखेतीमा मल हाल्न नपाउँदा स्याङ्जाका किसान मारमा परेको बताउँदै मलको हाहाकारबाट पीडित किसानलाई यथासक्य छिटो राहत दिन अनुरोध गरे ।

सांसद टुकाभद्र हमालले गत भदौ २४ गतेको विध्वंशात्मक घटनाको छानबिन हुनुपर्ने र सिंहदबारजस्ता महत्वपूर्ण संरचना छिटो बन्नुपर्ने बताए ।

सांसद ठाकुरसिंह थारूले बर्दियाको अस्पतालमा पर्याप्त चिकित्सक नभएको र बिरामीले त्यहाँ सहज उपचार नपाएको बताउँदै स्वास्थ्य उपकरणसहित दक्ष चिकित्सकको व्यवस्था गर्न अनुरोध गरे ।

सांसद ताराप्रसाद जोशीले पश्चिम सेती जलविद्युत् आयोजना कहिले सुरु हुन्छ भन्ने प्रश्न गरे ।

सांसद तारा विश्वकर्माले वर्षांैदेखि गुठी र बिर्ता जग्गाको भोगचलन गर्दै आएका नागरिकलाई जग्गाको स्वामित्व हस्तान्तरण माग गरे ।

सांसद तैफिक अहमद खानले बजेट अभावका कारण रूपन्देही अस्पतालको सेवा बन्द भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसद दीपककुमार साह (महोत्तरी)ले विगत केही वर्षदेखि महँगी र करको दर बढ्दै गएकाले आउने नयाँ बजेटबाट त्यसलाई सम्बोधन गर्न आग्रह गरे ।

सांसद दीपकराज बोहराले भारतमा काम गर्ने नेपालीको अभिलेख व्यवस्थित गराउन माग गरे ।

सांसद दीपककुमार साह (सुनसरी) ले सुनसरी खोलाको बाढी र कटान संरक्षण हुन नसकेको बताए ।

सांसद धनेन्द्र कार्कीले जुनारको राजधानी मानिने सिन्धुलीको गोलाञ्जरमा सडक कालोपत्र गर्न माग गरे ।

सांसद धु्रवराज राईले शिक्षकको दुर्गम भत्ता रोकिएकाले अर्थ मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयबीच समन्वय हुनुपर्ने खाँचो औँल्याए ।

सांसद नरेन्द्र साह कलवारले कृषिउपजको खरिद मूल्य तोक्न माग गरे । सांसद नितिमा भण्डारी कार्कीले गर्मी र हावाहुरीले आक्रान्त सर्लाहीवासीले विद्युत् आपूर्तिको समस्या झेल्नुपरेकोतर्फ सरकारको ध्यान जाओस् भने ।

सांसद निराशा चौधरी (डगौरा)ले पुख्र्यौली जमिन गुमाएका थारू समुदाय र मुक्त कमैयालाई जमिन दिन माग गरे ।

सांसद निशा डाँगीले सांसदहरू बस्ने सभाहलको कुर्सी कुन देशको काठबाट बनाइएको हो भन्दै स्वदेशी काठको उपयोग गर्न माग गरिन् ।

सांसद निता घतानीले सदनप्रति सरकार जवाफदेही हुन नसकेको टिप्पणी गरिन् ।

सांसद पदमाकुमारी अर्यालले न्यून कार्बन उत्सर्जन गर्ने देश नेपाल वातावरणीय समस्या र विपद्जन्य घटनाबाट प्रताडित भएकोतर्फ सरकारको ध्यानाकर्षण गराईन् ।

सांसद पवित्रा विकले आगामी बजेटमार्फत सुर्तीजन्य पदार्थमा कर बढाउन सुझाव दिईन् ।

सांसद पारशमणि गेलालले कृषि उत्पादनमा वैज्ञानिक प्रविधि अपनाउन आग्रह गरे ।

सांसद पार्वती विकले जाजरकोट भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवनका अस्थायी संरचना हालै आएको हुरीबाट प्रभावित भएको भनी सरकारको ध्यानाकर्षण गराईन् ।

सांसद पुकार बमले सुशासनका लागि सांसदलाई अध्ययन, अनुसन्धानको वातावरण सृजना गर्न माग गरे ।

डा पुष्पराज कँडेलले बूढीगण्डकी जलविद्युत् आयोजना र पुष्पलाल लोकमार्ग आयोजनालाई छिटो सम्पन्न गर्न आग्रह गरे ।
सांसद पुष्पाकुमारी चौधरीले ‘इनिमिया’ रोगको उपचारमा ध्यान दिन आग्रह गरिन् ।

सांसद पुनकुमारी अग्रवालले रुग्ण सरकारी उद्योग सञ्चालन गर्न माग गरिन् ।

सांसद प्रकाशन्द्र परियारले गणतन्त्रमा आज पनि कर्णालीवासी, किसान र मजदुरको समस्या उस्तै रहेकाले त्यसतर्फ सरकारको ध्यान जाओस् भने ।

सांसद प्रकाश पाठकले ‘डिजिटल’ लतका कारण बालबालिकामा आपराधिक समस्या देखिएको बताए ।

सांसद प्रकाशसिंह कार्कीले सोलुखुम्बुमा टेलिफोन नेटवर्कको समस्या रहेको बताए ।

सांसद प्रदीप विष्टले नेपालगन्जलगायतका अर्धसहरी क्षेत्रमा अतिरिक्त कार्यक्रम र बजेट दिन माग गरे ।

सांसद प्रमिलाकुमारी गच्छदारले मोरङको सुन्दर हरैँचाको गछिया खोलामा पुल अभाव भएको बताईन् ।

सांसद प्रमिला कुलुजुले भक्तपुरमा स्वच्छ तथा पर्याप्त खानेपानी नभएकाले खानेपानी समस्या समस्या समाधान गर्न अनुरोध गरिन् ।

सांसद प्रमोदकुमार महतोले बर्दिबास मेडिकल कलेजको निर्माण छिटो सम्पन्न गर्न आग्रह गरे ।

सांसद प्रेमबहादुर बयकले रोमानियामा कार्यरत नेपालकोे सवारी लाइसेन्स बनाइदिने काममा सहजीकरण गरिदिन अनुरोध गरे ।

सांसद प्रेमलाल चौधरीले ‘पठाओे, ‘इनड्राइभ’जस्ता सेवाका नाममा करोडौँ रकम बाहिरिने गरेकाले नेपालको आफ्नै ‘प्लेटफर्म’ सिर्जना गरी सेवा दिने व्यवस्था गर्न सुझाव दिए ।

सांसद बदनकुमार भण्डारीले सूर्यविनायक–धुलिखेल सडक निर्माणमा ढिलाइ भएको भन्दै निर्माणको कामलाई गति दिन आग्रह गरे ।

सांसद डा तोसिमा कार्कीले गुणस्तरीय सडक तथा बाटोघाटो निर्माणसँगै एकीकृत पूर्वाधार विकास र संरक्षणमा सम्बद्ध पक्षको ध्यान जाओस् भने ।

सांसद नरेन्द्रकुमार केरूङले पूर्वतयारीविना सुकुमवासीको घरटहरामा डोजर चलाइएका भनी चिन्ता व्यक्त गरे ।

सांसद पर्शुराम तामाङले मध्यपहाडी लोकमार्गको निर्माणसँगै भोजपुरलगायतका जिल्लामा समृद्धिलाई जोड्ने कार्यक्रम ल्याउन माग गरे ।

वि.सं.२०८३ जेठ १३ बुधवार १४:२५ मा प्रकाशित

भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

काभ्रेपलाञ्चोक । भोटेकोशी बाढीप्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि काभ्रेपलाञ्चोकका...

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

काठमाडौं। विद्यालयस्तरीय खेलकुद प्रतियोगितामध्ये पुरानो तथा लोकप्रिय स.बल ज्ञान कार्निभलको...

भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा  भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग

भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत...

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

मोरङ । मिक्लाजुङ गाउँपालिका–१ सुके–जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा एक...

रसुवामा खाद्यसामग्री वितरण सुरु

रसुवामा खाद्यसामग्री वितरण सुरु

रसुवा । सरद्धकारले आजदेखि हेलिकप्टरमार्फत बाढी प्रभावित रसुवावासीलाई दाल, चामल,...

भोटेकोशीमा पुनः आएको बाढीको बहाव नारायणीमा आइपुग्दा खतराको सूचीभन्दा कम

भोटेकोशीमा पुनः आएको बाढीको बहाव नारायणीमा आइपुग्दा खतराको सूचीभन्दा कम

चितवन । भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा बिहान आएको बाढीको...