back
CTIZAN AD

‘हरित आय’ कार्यक्रमले यहाँका महिला आत्मनिर्भर बन्दै

वि.सं.२०८३ असार २९ सोमवार

300 

shares

ढोरपाटन (बागलुङ) । तीन वर्ष अघिसम्म बडिगाडका महिला चुलोचौको र खेतबारीकै काममा सीमित थिए । वर्षभरि बारीमा लगाएको धान, गहुँ, मकै र कोदोले छ महिना खान पुग्दैनथ्यो ।

चुरा, पोते र सामान्य शृङ्गारका सामान किन्न पनि श्रीमान् र परिवारमै भर पर्नुपर्ने अवस्था थियो । तर अहिले उनीहरू खाद्यबालीमात्रै खेती गर्दैनन् । मकै, कोदो गहुँ फलाउने बारीमा आजकल लटरम्म गोलभेँडा, अकबरे फल्छन् । गाईभैँसी बाँध्ने गोठ आधुनिक खोरका रूपमा विकास भएका छन् ।

खोरमा रहर लाग्दा बाख्राका पाठापाठी र बोका रमाइरहेका देखिन्छन् । व्यावसायिक कृषि र पशुपालनमा लागेका महिला सामान्य खर्चको जोहो गर्न अरुमा निर्भर हुनु पर्दैन । बाह्रै महिना परम्परागत खेतीपाती गर्दै आए पनि परिवार चलाउन समस्या हुन्थ्यो । तर, अहिले मौसमी तथा बेमौसमी तरकारी फलाउँदा परिवार चलाउन समस्या छैन । बडिगाड गाउँपालिका र अन्य साझेदार संस्थाको सहयोगमा सञ्चालित ‘हरित आय’ कार्यक्रममार्फत यहाँका महिला आत्मनिर्भर बन्ने बाटोमा छन् ।

विसं २०८० पुसदेखि हरित आय कार्यक्रम बडिगाडका १० वटै वडामा कार्यान्वयन भइरहेको छ । कार्यक्रमले गाउँगाउँका महिलालाई एकताबद्ध गरेर सामूहिक तथा एकल रूपमा व्यावसायिक कृषि र पशुपालनतर्फ आकर्षित गरेको छ । कार्यक्रममा एक हजार ५६ घरपरिवारका महिला आबद्ध भएर उद्यमी बन्न थालेको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिइन् ।

“हरित आय कार्यक्रमले यहाँका महिला दिदीबहिनीको जीवनशैली बदलिएको छ, विगतमा सामान्य खर्च जुटाउनका लागि अरुमा निर्भर हुनुपथ्र्यो भने अहिले आफ्नै मिहिनेतले हाम्रो आम्दानी गर्ने हुनुभएको छ”, अध्यक्ष अधिकारीले भनिन् “यो कार्यक्रमले गरिबी निवारण गर्न र महिलालाई आत्मनिर्भर बनाउन थालेको छ ।”

कार्यक्रमले ग्रामीण महिलाको आयआर्जनसँगै नेतृत्व र सकारात्मक सोचको विकास गरेको बडिगाड गाउँपालिका–१ की उद्यमी दुर्गा थापाले बताइन् । गत वर्षसम्म तरकारीसमेत बजारबाट किनेर खाने गरेका अहिले बारीभरि लटरम्म गोलभेँडा, अकबरे उत्पादन भएको उनको भनाइ छ । हरित आय कार्यक्रममार्फत तरकारीखेती, बाख्रापालन र नेतृत्व विकाससम्बन्धी तालिम दिएपछि अहिले दैनिकी फेरिएको थापाले सुनाइन् ।

उनले भनिन्, “पहिला हाम्रो दैनिकी चुलोचौको र अरुको मेलापात गर्दा बित्थ्यो, तर अहिले त्यो अवस्था फेरिएको छ । आफ्नै बारीमा काम गर्दा भ्याइनभ्याई छ, पहिले मकै, कादो र फापर फलाएर वर्षभरि खान पुग्दैनथ्यो, अहिले त्यही बारीमा फलेको तरकारीले वर्षभरि खान पुग्छ, बालबच्चालाई पढाउन र घर खर्च चलाउने पैसा पनि आउँछ ।”

कार्यक्रममार्फत महिलाई उन्नत जातका बाख्रा, बोका, मिनिटेलर हलो, प्लास्टिक टनेल उपलब्ध गराइएको थियो । बडिगाड–७ को टुनीबोटका महिलाले बारीमा व्यावसायिक अकबरे लगाएका छन् । गत वर्षदेखि सुरु भएको अकबरे खुसार्नीको उत्पादन र खेतीले अहिले व्यापकता पाएको छ ।

गाउँका महिला अकबरेखतीप्रति आकर्षित भएपछि खाली जमिन पनि उपयोगमा आउन थालेको स्थानीय उद्यमी कुमारी रोका गुरुङले बताइन् । पहिले एकदुई मुरी मकै, गहुँ फल्ने बारीमा लाखौँ रुपैयाँका अकबरे फल्ने गरेको उनको भनाइ छ । स्थानीय महिलाले रु २० हजारदेखि रु एक लाखसम्मको अकबरे बिक्री गरेको गुरुङ बताउछन् ।

“ठाउँ यहीँ हो, बारी यहीँ हो, खेती परम्परागत रूपमा गरेका थियौँ, त्यसरी खेती गर्दा हाम्रो जीविकोपार्जनमा समस्या थियो, तर अहिले बल्ल सीप सिक्यौँ”, गुरुङले भनिन्, “अब सामान्य कमाइका लागि विदेश जानु हुँदैन, हाम्रै बारीमा पैसा फल्दोरहेछ । खुसार्नी बेचेर पनि राम्रो कमाइ गर्न सकिँदोरैछ ।”

वि.सं.२०८३ असार २९ सोमवार ०६:५३ मा प्रकाशित

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

२७ वर्षका विनोदले गाउँमै माछा पालेर बार्षिक २५ लाखसम्म आम्दानी गर्दछन् 

२७ वर्षका विनोदले गाउँमै माछा पालेर बार्षिक २५ लाखसम्म आम्दानी गर्दछन् 

घोडाघोडी (कैलाली), । गाउँका प्रायः युवा वैदेशिक रोजगारमा गए पनि...

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

काठमाडौँ ।, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक,...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...