back
CTIZAN AD

पूर्वसभामुख महरालाई भेट्न मन्त्री पुन राेल्पा

वि.सं.२०७७ भदौ २३ मंगलवार

1K 

shares

काठमाडौं । रोल्पास्थित आफ्नै घरमा रहेका पूर्व सभामुख कृष्णबहादुर महरालाई भेट्न उर्जा, जलस्रोत तथा सिचाई मन्त्री बर्षमान पुन पुगेका छन्। पछिल्लो समय रोल्पा नगरपालिकाको मेवाङमा बस्दै आएका महरालाई भेट्न पुन बिहान ८ बजे पुगेको महराका छोरा राहुल महराले बताए।

‘उर्जा मन्त्रीज्यू कार्यक्रमको सिलसिलामा रोल्पा आउनुभएको रहेछ। त्यही अवसरमा बुबालाई भेट्न आउनुभएको हो’, राहुलले भने, ‘बिहान एक घण्टा जति चिया बिस्कुट खाएर छुट्टिनु भएको हो।’

पार्टीमा उच्च तहको सम्बन्ध भए पनि महरा र पुनबीच गुरु चेलाको सम्बन्ध पनि छ। दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रम र जिल्लाको वस्तुस्थितिका विषयमा कुराकानी भएको राहुलले बताए।

‘त्यस्तो कुनै विशेष राजनीतिक विषयमा कुराकानी भएको होइन। सुखदुःखका कुरा हुने क्रममा राजनीतिक व्यक्तिको राजनीतिक कुरा भएका हुन्’ राहुलले भने, ‘रोल्पाको विकास निर्माण र राष्ट्रिय राजनीतिक विषयमा सामान्य कुरा भए।’

महरालाई यौनदुराचारको आरोप लागेपछि आफ्नो पुर्ख्यौली घर रोल्पामा बस्दै आएका छन् । सो आरोपबाट भने उनले सफाइ पाइसकेका छन्। पछिल्लो समय महरा परिवार सहित आफ्नै रोल्पास्थित बस्दै आएकाे समाचार नेपाल लाइभले लेखेकाे छ ।

वि.सं.२०७७ भदौ २३ मंगलवार १४:४१ मा प्रकाशित

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

तनहुँका धानबालीमा मरुवा रोग, स्थलगत प्राविधिक अनुगमन सुरु

तनहुँका धानबालीमा मरुवा रोग, स्थलगत प्राविधिक अनुगमन सुरु

दमौली (तनहुँ) । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा...

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

मुस्ताङ । यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी...

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...