back
CTIZAN AD

कॉंग्रेस दुई पटक मात्र ब्युझिन्छ

वि.सं.२०७७ भदौ २३ मंगलवार

846 

shares

नेत्तृत्व परिबर्तन अबश्यम्भाबी छ। पार्टीले केबल चुनाब ताका मात्रै ब्युझेर आफ्नो अस्तित्व बचाउन गाह्रो हुनेछ। दोश्रो पुस्ताका नेताहरुले पनि के हेक्का राख्न जरुरी छ भने अब ब्यक्तिको पछॉडि लागेर होईन कॉंग्रेस पार्टीको मुल नितिको पछाडि लागेर चल्न सक्नु पर्छ । युबाहरु देश बिकासका संबाहकहरु हुन यस्मा कसैको दुईमत नहोला तर आचरणमा परिबर्तन ल्याउन जरुरी छ खालि सॉझ परेपछि भट्टि धाने भए नभएका गफ हाँक्ने यो दाई र त्यो दाई भनेर लडालड गर्ने कुर्चि फालाफाल गर्ने बानि हटाई पुरै आचरण शुद्दिकरण गर्नु पर्छ ।

पछाडि फर्केर हेर्दा नेपाली कॉंग्रेसको ईतिहास स्वर्णिम छ । राणाहरु विरुद्धको क्रान्ति होस, पंचायतविरुद्धको आन्दोलन होस या राजतन्त्रको बहिर्गमन कुनै पनि मोर्चामा कॉंग्रेस अग्रस्थानमा रहेर निर्णायक लड़ाई लडेको छ। पार्टीको ईतिहासलाई हेर्ने हो भने पनि के स्पष्ट हुन्छ भने यस्को जन्म नै दुई भिन्न बिचारधाराको गर्भबाट भएको हो। एउटा धारले सदैब गाउँका किसान, मजदुर, गरिब र मध्यम बर्गको हित हुनुपर्छ र निति नियम बनाउँदा यिनै तह र बर्गलाई हेरेर गर्नुपर्छ भन्ने थियो भने अर्को धार सधै संभ्रान्तहरुको हित र पैरबी गर्ने सोचमा थियो। एक सय चार बर्ष एकतन्त्रिय शाशन गरेका राणाहरु पद र सम्मान भन्दा बाहिर बस्न गाह्रो थियो । तर ‘ए’ बर्गका राणाहरु भन्दा ‘सि’ बर्गका अलि उदार थिए । धेरै कुरामा परिबर्तन हुनु जरुरी छ भन्ने बुझेका थिए । तर बॉघको जति नग्रा दाह्रा फाले पनि उस्को स्वभावमा परिबर्तन नभए जस्तै उनिहरुमा पनि त्यहि स्वभाव थियो ।

कॉंग्रेस पार्टीले परिस्थितिको आँकलन नै नगरि अति उदारताको परिचय दिदै सबैलाई अट्ने बनाउछौँ भन्दा कहिल्यै नमेटिने रोगको बिजारोपण गर्यो। फेरि जुन समयमा कांग्रेस सत्तामा भागिदार भयो त्यसबेला देश चरम गरिबि, अशिक्षा र अभाव बाट गुज्रिरहेको थियो । भर्खरै क्रान्ति गरेर आएको र सत्ताको कुनै पनि अनुभव नभएकोले पनि २००७ साल देखि २०१५ साल सम्म पार्टीले जुन तरिकाले जनताका पक्षमा काम गर्नुपर्ने हो सकेन बरु सधै सत्ता लिप्सामा नै एकथरि मरिमेटेर लागि परे । यसैबिच पार्टी बिभिन्न उतार चढ़ावका बिच एतिहासिक संसदीय आम निर्वाचनमा होमियो । जननायक बि.पी. कोईरालाको नेत्तृत्वमा २०१५ सालको चुनाब लडेको कॉंग्रेसलाई जनताले दुई तिहाई मत दिएर निर्बाचित गरे। बि.पी. देशको पहिलो जननिर्बाचित प्रधानमन्त्री भए। समाजबादी चिन्तक बि.पी.ले सरकार सम्हाल्ने बित्त्तिकै आफ्नो कक्षमा एउटा गरिबको फोटो टॉस्न लगाए। योजना बनाउँदा यहि गरिबलाई हेरेर बनाउनु पर्छ भन्ने सोच थियो उनमा । बि.पी. कोईरालाको नेत्तृत्वमा सरकारले जनमुखि कामहरु भटाभट गरेको देखे पछि मैले माथि उल्लेख गरेको दोश्रो धारमा छटपटि शुरु हुन थाल्यो । यहि तरिकाले सरकारले काम गर्दै गएमा दरबारको हैसियत कम हुने र संभ्रान्तहरुको रोटि छिनिने चाल पाएपछि कॉगेसलाई बदनाम गराउन देशका बिभिन्न ठॉउमा अराजकता फैलाउन सुरु गरियो।

जता हेर्यो तेतै नाताबाद, कृपाबाद, डनबाद र धनबादको बिगबिगी भयो । हिजोका योद्दाहरु कुनै न कुनै निहुमा किनारा लगाइयो। पार्टिमा चिन्तन मननको खडेरी नै पर्यो । जाहा गए पनि कार्यकर्ताहरु एक आपसमै लड्न थाले। पार्टीमा बाहिरकाको भन्दा घर भित्रैकाको डर सृजना भयो। सबल नेत्तृत्वको अभाबमा पार्टी पार्टी नभएर सिंन्डिकेटमा परिणत हुदै जाँदासम्म पनि कसैलाई चिन्ता नै भएन। पार्टी दुई मोडमा आई पुग्दा केही जॉगेको देखिन्छ ।

यसै बिचमा जननिर्बाचित प्रधानमंत्री कोइराला र राजा महेन्द्र देशको पश्चिम भ्रमणमा संगै जॉने तय गरियो । हुन सक्छ यो यात्राको मुल उद्देश्य सुतेका राजालाई निद्राबाट ब्युझाउनु पनि थियो कि ! राजा र प्रधानमंत्रीको यात्राको क्रममा जाहाँ जाहाँ राजा गए जनताले राजाप्रति कमै रुचि देखाए तर जाहाँ जाहाँ बि.पी. पुगे त्यहाँ जनताको हुल देखियो । यस्तो देखेका राजा महेन्द्रलाई काठमान्डौ फर्केपछि अब समय छदै केहि नगर्ने हो भने भोलिका दिनमा आफ्नो अस्तित्व धरापमा पर्ने महशुस हुनु अस्वाभाविक थिएन। यता पार्टी भित्र पनि बीपीको क्रान्तिकारी जनमुखि योजनाहरुबाट आत्तिएका दरबारिया संभ्रान्तहरुको मुटुमा ढ्याङ्ग्रो ठोक्न थाल्यो। कसरी बिपीलाई सत्ताच्युत गर्न सकिन्छ त्यतै पार्टि भित्रैबाट घिनौना खेलहरु खेलिए । अन्ततोगत्वा जननिर्बाचित सरकारलाई बलात गरि देशमा एक दलिय पंचायती ब्यबस्था लागु गरियो। यहिबाट देशले अधोगतिको बाटो लियो। यसै बिचमा कांग्रेसका दोश्रो धारका दरबारियाहरु पार्टी छोडेर भटाभट पंचायत प्रबेश गरे। तुलसी गिरी, बिश्व बन्धु थापाहरुले पार्टि मात्र छोडेनन बरु पार्टीमा नयॉ क्यान्सर रोगको बिजारोपण समेत गरेर छोडे । भर्खरै जनताको लागि के राम्रा योजनाहरु लागु हुदै थिए सब ध्वस्त पारियो । बिपी लगायत बरिष्ठ नेताहरुलाई नजर बन्दि बनाइयो। बिपीको पालाको कॉंग्रेसमा कमसेकम चिन्तन थियो। एक आपसमा सौहार्दता थियो। समय समयमा पार्टि प्रतिबन्धित भए पनि लुकेर कार्यकर्ता प्रशिक्षण हुने गर्थ्यो । युबाहरु पनि जुझारू थिए। केहि गरौ भन्ने दृढता थियो तर बिपीको मृत्यु पश्चात पार्टी भित्र माथिका सबै कुराहरु एकपछि अर्को गर्दै अबसान हुन पुगे। पार्टीमा बिपीको जत्तिकै नेत्तृत्व क्षमता भएको राजनेता कोहि भएन। काँग्रेस केहि समय पार्टी “बाबु बिनाको टुहुरो सन्तान “जस्तै हुन पुग्यो।” कार्यकर्ताहरु तीन तिर धाउन थाले। जस्ले गर्दा बिस्तारै पार्टी तीन शक्ति केन्द्रमा परिणत हुन गयो।

२०४८ सालको निर्बाचनमा कॉंग्रेसले पुरै बिपीको नाम भजाएर चुनाब जितेको कुरामा दुई मत नहोला । जब सत्तामा पुग्छ तब सत्ता लुछाचुडि हुन्छ भन्ने आरोप लागेको कॉंग्रेसले यो आरोप मेटाउने तिर लागेन बरु सत्ता लिप्साको लागि पुनः हिजोका आफुहरुलाई आजिबन जेलमा सड्न बाध्य पारेका उनै पंचहरुलाई तिनै दोश्रो धारका नेताहरुको सिफारिसमा धमाधम दुलहि भित्र्याए झै भित्राईयो । पछि गएर परिणाम यति भयाबह भयो कि सत्ता सम्हालेको दुई ढॉई बर्षमै सरकार ढॉलियो । ति सहिदहरु जस्ले देशको उज्ज्वल भबिश्यको लागि आफ्नो सहादत दिएका थिए तिनैको रगतमा होलि खेलियो । कसैलाई पनि पार्टी फुटेको एक रत्तिभर चिन्ता थिएन बरु चिन्ता थियो त कसरी पद पाईन्छ ? पार्टी भित्र आन्तरिक छलफल हुनै छाड्यो । जता हेर्यो तेतै नाताबाद, कृपाबाद, डनबाद र धनबादको बिगबिगी भयो । हिजोका योद्दाहरु कुनै न कुनै निहुमा किनारा लगाइयो। पार्टिमा चिन्तन मननको खडेरी नै पर्यो । जाहा गए पनि कार्यकर्ताहरु एक आपसमै लड्न थाले। पार्टीमा बाहिरकाको भन्दा घर भित्रैकाको डर सृजना भयो। सबल नेत्तृत्वको अभाबमा पार्टी पार्टी नभएर सिंन्डिकेटमा परिणत हुदै जाँदासम्म पनि कसैलाई चिन्ता नै भएन। पार्टी दुई मोडमा आई पुग्दा केही जॉगेको देखिन्छ । एक पटक देशको संसदीय निर्वाचन र अर्को पार्टीको महाधिवेशन । संसदीय निर्बाचनमा कसरी टिकट पाइन्छ भनेर शक्ति केन्द्रहरुमा भिड लगाउने र टिकट लिने अनि महाधिवेशन आउँदै गर्दा जति सक्यो आफ्ना पक्षका ब्यक्तिहरुलाई कृयाशिल सदश्यता दिलाउने र महासमिति सदश्य बनाएर ल्याउने । यति गर्न सकेमा पार्टीमा आफ्नो बर्चश्व सधै रहने र सत्ताको स्वाद चाख्न पाइने बुझेका नेताहरुले कार्यकर्ताहरुलाई पकेटको चुरोट जस्तै युज गर्न थाले । आबश्यक परे निकाल्यो सल्कायो पियो नत्र खुट्टाले किचेर फालिदियो । नेताहरुलाई पार्टी कहा छ के भै रहेछ केहि मतलब रहेन । दुरदराजका जनतालाई पार्टीमा के भैरहे छ अत्तोपत्तो नै हुन छाड्यो । नेता र कार्यकर्ताहरु बिचको पुल लगभग छिन्ने अबस्थामा छ।

अब पार्टीले आफ्नो आन्तरिक कमि कमजोरिलाई बिल्कुलै बिना संकोच बाहिर ल्याउन सक्नु पर्छ ।  नेत्तृत्व परिबर्तन अबश्यम्भाबी छ। पार्टीले केबल चुनाब ताका मात्रै ब्युझेर आफ्नो अस्तित्व बचाउन गाह्रो हुनेछ। दोश्रो पुस्ताका नेताहरुले पनि के हेक्का राख्न जरुरी छ भने अब ब्यक्तिको पछॉडि लागेर होईन कॉंग्रेस पार्टीको मुल नितिको पछाडि लागेर चल्न सक्नु पर्छ । युबाहरु देश बिकासका संबाहकहरु हुन यस्मा कसैको दुईमत नहोला तर आचरणमा परिबर्तन ल्याउन जरुरी छ खालि सॉझ परेपछि भट्टि धाने भए नभएका गफ हाँक्ने यो दाई र त्यो दाई भनेर लडालड गर्ने कुर्चि फालाफाल गर्ने बानि हटाई पुरै आचरण शुद्दिकरण गर्नु पर्छ । समाजबादी नाराले मात्र हुदैन ब्यबहार पनि समाजबादी बनाउन सक्नु पर्यो । राजनिति के का लागि त ? छात्तिमा हॉत राखेर शहिदको कसम खाएर दृढ संकल्प लिन सक्नु पर्यो कि अब म देश र जनताको लागि काम गर्छु । यो देशको मुहार फेर्नु छ। बेला बेलामा युबाहरुले बिश्वका बिकसित मुलुकहरुको भ्रमण गर्ने, अबलोकन गर्ने मौका पाएका छन । बाहिर आएर देखेको बिकास र सिस्टमलाई मस्तिष्कमा खिचेर देशमा लागु गर्ने तिर लाग्नु पर्छ । गरे नहुने केहि छैन। मात्र कमिटमेन्ट (commitment)  हुनु पर्यो। अब पार्टी हिजोका ईतिहासले मात्रै चल्ने वाला छैन। पार्टी भित्रका गुट उपगुटलाई चिरेर एकल नेत्तृत्वमा जब सम्म हामि जान सक्दैनौ तब सम्म कुनै पनि कार्य सफल हुने छैन। आउने महाधिबेशनमा कार्यकर्ताहरुले सहि बिबेकको प्रदर्शन गरेर एक सबल, निस्कलंक समाबेसी नेत्तृत्वको चयन गर्न सक्नु पर्छ । दरबार दरबार धाउने प्रथाको अन्त्य नै पार्टिको माग हो। सम्पूर्ण कार्यकर्ताहरु आपसि मतभेद त्यागेर एक खम्बा जस्तै भएर पार्टि हितको लागि उभिन सक्नु पर्छ । ने.का. लाई लाग्ने आरोप “कॉंग्रेस दुई चोटि मात्रै ब्युँझिन्छ “हैन पल पल ब्युझिनु पर्यो । यो नै आजको आबश्यकता हो ।

 

वि.सं.२०७७ भदौ २३ मंगलवार १४:३१ मा प्रकाशित

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

१. पृष्ठभूमि नेपाली समाज र यसको अर्थतन्त्रमा देखिएको विडम्बना वा...

 सक्कली माननीय

 सक्कली माननीय

“माननीय” शब्द संस्कृत मूलबाट आएको हो। “मान” अर्थात् सम्मान, आदर,...

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...