काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले विपन्न परिवारहरुको पहिचान गरि आधारभूत सुरक्षाको जिम्मा लिन सरकारसँग माग गरेका छन् । उनले दिर्घकालिन रुपमा विपन्नहरुको समस्या समाधान गर्ने गरि व्यवस्था माग गर्न पनि माग गरे ।
निषेधाज्ञाको समयमा विपन्न परिवारका मानिसहरु समस्यामा परेको विषय आईरहेका बेला उनले दिगो समाधान गर्न माग गरेका हुन् । सामाजिक सञ्जालमार्फत भट्टराईले विपन्नहरुको दिर्घकालिन समस्या समाधानका लागि ३ बुँदे विकल्प पनि अगाडि सारेका छन् ।
काभ्रेकी सरस्वती र बैतडीकी नीलमलाई निजी सहयोग गर्नु राम्रै कुरा हो तर त्यो दिगो समाधान हैन।दशौं लाख विपन्न परिवारको दिगो सुरक्षानिम्ति राज्यले यसो गर्नैपर्छ: १.विपन्न परिवार पहिचान गरेर बैंक मार्फत न्यूनतम वेतन बराबर रकम दिने;२.शिक्षा/स्वास्थ्य निःशुल्क गर्ने;३.स्वरोजगार बनाउने! pic.twitter.com/1ixZpjo6zQ
— Baburam Bhattarai (@brb1954) September 8, 2020
उनले ३ बुँदे विकल्पमा विपन्न परिवारको पहिचान गरि बैंकमार्फत न्यूनत भत्ता रकम दिनुपर्ने प्रस्ताव अगाडि सारेका छन् । विपन्नहरुलाई शिक्षा र स्वास्थ्य निःशुल्क गर्न र स्वरोजगार बनाउने योजना बनाउन पनि उनले माग राखेका छन् ।
पछिल्लो समय कोरोना महामारी नियन्त्रण गर्न लागु गरिएको लकडाउन र निषेधाज्ञाका बीच विपन्न परिवारहरु निकै समस्यामा परेका छन् । सरकारले लकडाउन गर्ने तर विपन्नहरुको निमित्त कुनै प्याकेज दिने कार्यक्रम नल्याउँदा समस्या गम्भीर बन्दै गएको छ । विपन्नलाई सम्बोधन गर्न पटक–पटक माग राखिए पनि सरकारले मौनता देखाउँदै आएको छ ।
वि.सं.२०७७ भदौ २४ बुधवार ११:२९ मा प्रकाशित






























