back
CTIZAN AD

वलिवुड नायक सुशान्त सिंह आत्महत्या प्रकरणः रियालाई जेल सजाय

वि.सं.२०७७ भदौ २४ बुधवार

789 

shares

२४ भदौ, काठमाडौं । वलिवुड नायक शुसान्त सिंह राजपुत आत्महत्या प्रकरणमा नयाँ नयाँ खुलासा हुँदै गइरहेको छ ।

आत्महत्या गरेको भनिएका नायक सुसान्त सिंहको आत्महत्या प्रकरणको ८४ दिन पछि भारतको नारकोटिक्स कन्ट्रोल व्युरो (एनसीबी) ले उनकी प्रेमिका रिया चक्रवर्तीलाई मंगलबार ड्रग्स केसमा पक्राउ गरेको छ ।

पक्राउ परेपछि एनसीबीकै सेलमा रहेकी रियालाई आज भायखला जेलमा पठाइने भारतीय संचारमाध्यमले लेखेका छन् ।

एनसीबीले रियालाई आइतबारदेखि लगातार सोधपुछ गरेको थियो । सोमबार र मंगलबार झण्डै २० घण्टा गरिएको सवाल जवाफमा रियाले सुसान्तका लागि ड्रग्स खरिद गर्ने गरेको स्वीकार गरेकी छन् । यहि आधारमा उनलाई पक्राउ गरिएको बताइएको छ । साथै रियाले ड्रग्सका लागि पैसा दिने गरेको पनि खुलासा गरेकी छन् । एनसीबीमा रियाले दिएको बयान अनुसार उनी ड्रग्स सिन्डीकेटकी सक्रिय सदस्य रहेकी थिइन् जो ड्रग्सको सप्लाईमा जोडिएका थिए ।

रियाले बयानका क्रममा ड्रग्सको लेनदेनमा सुसान्तका हाउस मेनेजर स्यामुअल मिरान्डा, सहयोगी दीपेश शावन्त र भाइ शोविक चक्रवतीलाई आदेश दिने गरेको बारेमा पनि बताएकी छन् ।

त्यस्तै रियाका भाइ शोविकले पनि जैद, बासित र कैजानमार्फत ड्रग्स मगाउने गरेको स्वीकारेको बताइएको छ । हरेक पटक ड्रग्स डेलिवरी गरिएको र पेमेन्टका बारेमा रियालाई जानकारी रहने गरेको बताइएको छ । धेरैपटक रियाले कुन ड्रग्स लिने र कति पैसा दिने भन्ने बारेमा निर्णय गर्ने गरेको समेत बताइएको छ । ऐजेन्सीको सहयोगमा

अभिनेता सुशान्त सिंह सुशान्त मृत्यु प्रकरण : ड्रग्स कनेक्शन भएको आशंकामा रिया चक्रवर्तीमाथि अनुसन्धान सुरु

वि.सं.२०७७ भदौ २४ बुधवार १०:४६ मा प्रकाशित

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुन संशोधनका...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

काठमाडौँ  । सामसङ नेपालले नेपाली बजारमा आफ्नो आठौँ पुस्ताको फोल्डेबल...

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने...