back
CTIZAN AD

अभिनेता सुशान्त सिंह सुशान्त मृत्यु प्रकरण : ड्रग्स कनेक्शन भएको आशंकामा रिया चक्रवर्तीमाथि अनुसन्धान सुरु

वि.सं.२०७७ भदौ २१ आइतवार

735 

shares

काठमाडौं । अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणबारे छानविन गरिरहेको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले अभिनेत्री रिया चक्रवर्तीमाथि ड्रग्स कनेक्सनबारे अनुसन्धान सुरु गरेको छ ।

भारतीय अनलाईन एनडिटिभीले जनाएअनुसार आइतबार नार्कोटिक्स ब्यूरो रियाको घर पुगेर उनलाई छानविनको लागि लगेको हो । यसअघि शनिबार रियाका भाई शौविक चक्रवर्तीलाई पनि छानविनको लागि नार्कोटिक्सले लगेको थियो ।

नार्कोटिक्सले यसअघि नै हाउस म्यानेजर सैमुअल मिरान्डालाई छानविनको लागि नियन्त्रणमा लिएको थियो । उनिमाथि शुक्रबार १० घण्टासम्म सोधपुछ गरिएको थियो ।

एनसीबीले सोविक र सैमुएललाई सेप्टेम्बर ९ सम्मका लागि हिरासतमा राखिने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यी दुईलाई शनिबार अदालतमा पेस गरिएको थियो ।

एनसीबीका अनुसार सोविक सक्रिय रुपमा ड्रग्स सेवन गर्थे । उनी ड्रग्स सिन्डिकेटमा पनि सक्रिय थिए । सोविकले ठूलो मात्रामा ड्रग्सको खरिद कसरी गरे भन्नेतर्फ एनसीबीको अनुसन्धान सुरु भएको छ । सोविकले ड्रग्स खरिदमा रिया पनि संलग्न रहेको कुरा एनसीबीको अगाडि स्वीकारेका छन् ।

गत जुन १४ मा आफ्नै फ्लाटमा मृत अवस्थामा फेला परेका सुशान्त राजपुतको मृत्यु प्रकरणबारे धेरै चरणमा अनुसन्धान भएपनि हालसम्म कुनै पनि निष्कर्ष निस्किएको छैन् । प्रहरी र अनुसन्धान ब्यूरोले पटक–पटक रियासहित उनका परिवारमाथि सोध गरिसकेको छ ।

सम्बन्धित समाचार

सुशान्त सिंहको अडियो क्लिप सामाजिक सञ्जालमा भाईरल, अडियो क्लिपमा अनेकन खुलासा

वि.सं.२०७७ भदौ २१ आइतवार १३:४९ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...