back
CTIZAN AD

सुशान्त सिंहको अडियो क्लिप सामाजिक सञ्जालमा भाईरल, अडियो क्लिपमा अनेकन खुलासा

वि.सं.२०७७ भदौ १४ आइतवार

756 

shares

काठमाडौं । सुशान्त सिंह राजपूतको एक अडियो क्लीप अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

मृत्युभन्दा ५ महिना अघिको भनिएको अडियो क्लीपमा सुशान्त उनकी प्रेमीका रिया चक्रवर्ती र उनका बाबु इन्द्रजीत चक्रवर्तीका साथ कुराकानी गरिरहेका छन् । सार्वजनिक अडियोमा उनका आर्थिक सल्लाहकारको पनि आवाज छ ।

सार्वजनिक अडियोमा सुशान्त बलिउड छोड्ने विषयमा कुराकानी गरिरहेका छन् । साथै उनले सबै खर्चहरु कम गर्ने तरिकामाथि कुराकानी गरिरहेका छन् । अडियो क्लिप सुन्दा स्पष्ट हुन्छ सुशान्तको पैसामाथि रिया चक्रवर्तीले पुरै कन्ट्रोल गरेकी छिन् ।

सुशान्त मुम्बई छोड्न चाहन्थे

अडियोमा सुशान्त मुम्बई छोड्ने कुराकानी गरिरहेका थिए । रियाले पनि उनलाई गाउँ जाने सल्लाह दिईरहेकी थिइन् । रियाले कुराकानीमा हामी एक दुई महिनाको लागि गाउँ जाने र त्यसपछि फेरि फैसला गर्ने बताएकी छिन् ।

कुराकानीमा सुशान्तले फिल्मी दुनियाबाट बाहिरीने कुराकानी गरिरहेका छन् । जहाँ रियाले पैसाको बारेमा पनि सोंच्नुपर्ने बताएकी छिन् ।

मनको शान्तीको खोजीमा थिए सुशान्त

सुशान्त कुनै प्राकृतिक र हरियाली खालको जग्गाको कुराकानी गरिरहेका थिए । उनले त्यहाँ मनमा शान्ति मिल्ने बताएका थिए । जहाँ रियाले उनलाई पावना (महाराष्ट्र)को सल्लाह दिएकी छिन् । उनले पावना गएर आएपछि के गर्ने भन्ने सोंचुला भन्ने कुराकानी राखेकी छिन् ।

खर्च घटाउन सुशान्तको अपिल

सुशान्त छलफलमा पटक–पटक खर्च घटाउने बारे कुराकानी गरिरहेका छन् । उनले सबैलाई खर्च कसरी घटाउन सकिन्छ भन्दै कुराकानी गरिरहेका छन् । सुशान्तले मेरो लागि सबैभन्दा कठिन समय आएको भन्दै उनले खर्च घटाउने योजना बनाउन आग्रह गरेका छन् ।

रियासँग लगातार सीबीआई पुछताछ

सीबीआईले रिया चक्रवर्तीसँग लगातार पुछताछ गरीरहेको छ । शुक्रबार १० घण्टा र शनिबार ७ घण्टासम्म सीबीआईले उनीसँग सवाल–जवाफ गरेको थियो ।

यसअघि सीबीआईले रियाका भाई शोविक, सुशान्तका हाउस म्यानेजर सैमुअल मिरान्डा, फ्यालमेट सिद्धार्थ पिठानीलगायतसँग सबाल जवाफ गरिसकेको छ । एजेन्सीको सहयोगमा

वि.सं.२०७७ भदौ १४ आइतवार १७:४१ मा प्रकाशित

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले देशका विभिन्न मेडिकल कलेजका रेजिडेन्ट...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–२, फलबाङमा पहिरोले घर पुरिँदा तीन...

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...