back
CTIZAN AD

तीन थरीको निःशुल्क परीक्षण, परीक्षण शुल्क पनि घटाइयो

वि.सं.२०७७ भदौ १४ आइतवार

957 

shares

१४ भदौ, काठमाडौँ । सरकारले अब सबैको नागरिकको कोरोनाभाइरसको निःशुल्क परीक्षण नगर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले मापदण्ड बनाएर तीन थरीलाई मात्र निःशुल्क परीक्षण गर्ने अरुको भने आफैले गर्नुपर्ने निर्णय गरेको छ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार सङ्क्रमितको निकट सम्पर्कमा आएका, लक्षण देखिएका र अग्रभागमा काम गर्ने व्यक्तिहरूको मात्र निःशुल्क परीक्षण गरिने छ ।

शंकाको भरमा अनावश्यक व्यक्तिहरु परीक्षण गर्ने क्रम बढी देखिएपछि सरकारले परीक्षणको व्यवस्थामा पुनरावलोकन गरेको पनि प्रवक्ता अधिकारीले बताए ।

आफैले पैसा तिरेर गर्दा पनि पहिलो भन्दा केही कम मूल्यमै परीक्षण गर्न पाइने भएको छ । स्वास्थ्य मन्त्रालयले आजै देखि लागू हुने गरी कोरोना भाइरस परीक्षणमा तिनुपर्ने शुल्क१ हजार १ सय रुपैयाँले घटाएको हो । नयाँ शुल्क बढीमा ४ हजार ४ सय रुपैयाँ तोकेको छ । यसअघि कोरोना परीक्षण शुल्क ५ हजार ५ सय रुपैयाँ थियो ।

सहप्रवक्ता डा अधिकारीले परीक्षणका लागि आवश्यक सरसामानको मूल्य घटेसँगै परीक्षण शुल्कमा समायोजन गरिएको बताए । साथै परीक्षणको व्यवस्था परिमार्जन गरिएसँगै शुल्क पनि घटाइएको उनले बताए ।

मन्त्रालयले ९ वटा सरकारी र ११ वटा निजी प्रयोगशालामा शुल्क लिएर परीक्षण गर्ने अनुमति दिएको छ ।

वि.सं.२०७७ भदौ १४ आइतवार १७:३६ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...