back
CTIZAN AD

अबदेखि अन्तर बैंक एटिएमको प्रयोगमा शुल्क नलाग्ने

वि.सं.२०७७ भदौ १४ आइतवार

993 

shares

१४ फागुन, काठमाडौं । अबदेखि अन्तर बैंक एटिएमको प्रयोगमा शुल्क नलाग्ने भएकाे छ ।  नेपाल राष्ट्र बैंकले नीतिगत रूपमै यस्ताे व्यवस्था गरेकाे हाे ।

कोरोना भाईरको माहामारीका कारण सरकारले गत चैत्र ११ गतेदेखि गरेको लकडाउनका कारण समस्या सेवाग्राहिहरुलाई समस्या सृजना हुने देखे पछि जुनसुकै बैंकको एटिएम कार्ड प्रयोग गर्दा पनि शुल्क नलाग्ने व्यवस्था गरेका थिए ।

सरकारले झण्डै ३ महिना लामौ लकडाउन खुल्ला गरेर जनजीवन सामान्य हुन नपाउँदै बैंकहरुले साउनको पहिलो सातादेखि नै पूनः शुल्क उठाउन थालेका थिए । त्यहि कुरालाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले एउटा बैंकको कार्ड प्रयोग गरेर अर्को बैंकको एटिएमबाट पैसा निकाल्दा कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

बैंकहरुले नेटवर्क शुल्क भन्दै फरक एटिएमबाट पैसा निकाल्दा शुल्क लिंदै आएका थिए ।
अब भने केन्द्रिय बैंकले नीतिगत रुपमै विद्युतीय भुक्तानी कार्ड सञ्चालनको नीतिगतरुपले सम्बोधन गर्दै अबदेखि अन्तरबैंक एटिएम कारोबारमा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले जारी गरेको विद्युतीय भुक्तानी कार्ड जारी गर्दा अपनाउनुपर्ने नीतिगत एवम् प्रक्रियागत व्यवस्थाको९ङ० नम्वर बुँदामा भनिएको “एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटिएम कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटिएममा प्रयोग गर्दा कार्ड प्रयोगकर्तासँग कुनै शुल्क लिन पाइने छैन।” वक्यांशले शुल्क लिन पाईने व्यवस्थाको अन्त्य गरेको छ ।

त्यस्तै केन्द्रिय बैंकले कार्डको अवधि समाप्त हुनुभन्दा १५ दिन अगाडी नै त्यसको जानकारी सम्बन्धित सेवाग्राहिलाई एसएमएसमार्फत दिनुपर्ने तथा कार्ड नवीकरण शुल्कको बारेमा समेत जानकारी गराउनुपर्ने नीतिगत व्यवस्था गरेको छ।

राष्ट्र बैंकले सबै कार्ड चिपयुक्त हुनुपर्ने व्यवस्था गरेको छ भने एटिएम बुथमा आवश्यक सहयोग चाहिएको अबस्थामामा सम्बन्धित एटिएम कर्मचारीको नाम र मोबाइल नम्बर एवम् सम्बन्धित संस्थाको नाम, ठेगाना र टेलीफोन नम्बर सेवाग्राहिले प्रष्टसँग देख्ने र बुझ्ने गरी नेपाली र अंग्रेजी भाषामा लेख्नुपर्ने व्यवस्था समेत गरेको छ ।

राष्ट्र बैंकले गरेको यो नीतिगत व्यवस्थाले बिद्यमान कार्ड अड्किने, पैसा नआउने लगायत एटिएम कारोबारसम्वन्धी समस्या ग्राहकले तत्कालै सम्बन्धीत सेवा प्रदायकलाई जानकारी गराउन सक्नेछन् भने सेवा प्रदायकले समाधानका लागि तुरुन्त पहल गर्नु पर्ने छ ।

तर बिद्यमान व्यवस्थामा भएको दैनिक एटिएम कार्डबाट झिक्न पाइने रकमको सीमामा भने कुनै परिवर्तन गरिएको छैन । बिद्यमान रहेको एक पटकमा २५ हजारका दरले आबस्यकता परेकोबेला दैनिक १ लाख रुपैयाँसम्म पैसा निकाल्न पाउने व्यवस्थामा भने कुनै परिवर्तन गरिएको छैन ।

सेवा प्रदायकहरुले स्थापना गरेका प्रत्येक एटिएममाको सुरुक्षका लागि राखिएका सिसिटिभीको निरन्तर रुपले अनुगमनको व्यवस्था गर्न पनि बैंक तथा बित्तिय संस्थाहरुलाई राष्ट्र बैंकले भनेको छ । यसका अलवा सिसिटिभीको ब्याकअप दृष्य कम्तीमा ९० दिन सुरक्षितसाथ राख्न पनि केन्द्रिय बैंकले भनेको छ ।

वि.सं.२०७७ भदौ १४ आइतवार १७:३१ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...