१४ भदौ, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट विहिबार (१४ भदौ गते) १४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका १० जिल्लाका १४ जनाको संक्रमणबाट मृत्यु भएको हो । जसमा ४ महिला र १० पुरुष गरी १४ जनाको मृत्यु भएको हो ।
मृत्यु हुने ४ महिलामा सुनसरीकी ७४ वर्षीया, बाराकी ४७ वर्षीया महोत्तरीकी ६२ वर्षीया र काठमाडौंकी ७२ वर्षीया गरेर ४ महिलाको मृत्यु भएको हो ।
त्यसैगरी सुनसरीका ६० वर्षीय, मोरङका ६२ वर्षीय, महोत्तरीका ७० र २५ वर्षीय, रौतहटका ३० वर्षीय, ललितपुरका २९ वर्षीय, भक्तपुरका ६५ वर्षीय, नवलपरासीका ६२ वर्षीय र रुपन्देहीका ५७ वर्षीय र ६७ वर्षीय २ पुरुष गरी १० जना पुरुषको मृत्यु भएको हो ।
आज थपिएका १४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२१ पुगेको छ । पछिल्लो केही दिनयता संक्रमणबाट मृत्यु हुनेको संख्या दिनहुँ बढिरहेको छ ।
कोरोना संक्रमणबाट आज पनि १२ जनाको मृत्यु, मृतकको संख्या २०७ पुग्यो
वि.सं.२०७७ भदौ १४ आइतवार १७:०८ मा प्रकाशित






























