back
CTIZAN AD

३०० किलोमिटर हिडेपछि युवतीले भनिन् ‘म बिहे नगरी बाँच्नै सक्दिन’

वि.सं.२०७७ भदौ १४ आइतवार

795 

shares

सामाजिक सञ्जालहरु आजकल धेरै युवायुवतीको मायाप्रेम गर्ने थलो बनेको छ । सञ्जालमा भएको सम्बन्ध कतिपयको विवाहमा समेत परिणत भएका छन् भने कतिपयलाई यसले हैरानी पनि थपेको छ ।

यस्तै हैरानीको कथा छ, भारतको उत्तर प्रदेश कानपुरको
वाट्सऐपमा जोडिएको प्रेमीसँग बिहे गर्न भन्दै एक महिला घरदेखि ३०० किलोमिटर हिडेर केटाको घर पुगिन् । तर केटाको घर पुग्दा उनको सपना चकनाचुर हुन्छ, जब केटा नाबालिग भएको थाहा पाउँछिन् । आफ्नो प्रेमी नाबालिग भएपछि उसँग विवाह गर्ने सपना टुटेपछि केटाको दाजुसँग विवाह गर्ने प्रस्ताव गरिन् । उनी अहिले परिवारको जवाफ पर्खँदै केटाको घरबाहिर प्रतिक्षा गरिरहेकी छन् ।

सबिना नाम गरेकी ती महिला एलएलबी गरेकी छन् । उनी अल्पसंख्यक समुदायबाट हुन् भने उनका प्रेमी अमित हिन्दु समुदायका हुन् ।
सबिनाका बुबा अतिक, जो शाहजहाँपुरका हुन्, एक इन्जिनियर हुन् । आफ्नी आमाको मृत्युपछि बाबुले अर्की आमासँग विवाह गरे, सौतनी आमाले उनलाई धेरै नै यातना दिने गर्दछिन् । यस्तैमै उनले वाट्सएपमार्फत मन शान्त पार्ने साथी बनाएकी थिइन् कानुपुर पारोली गाउँका अमितसँग ।

सबीना बुधवार आफ्ना प्रेमी अमितसँग विवाह गर्न शाहजहाँपुरबाट ३०० किलोमिटर यात्रा गरी कानपुरको पारोली गाउँमा आफ्नो घर पुगेकी थिइन् । यस यात्राको क्रममा, उनले केहि किलोमिटर पैदल यात्रा गर्नु परेको थियो र अरुको सहयोगले बसको टिकट किन्नु परेको थियो । तर जब उनलाई थाहा भयो कि अमित नाबालिग छन् । सबीना २४ वर्षकी र अमित उनीभन्दा ५ वर्ष कान्छा छन् । अमितसँगको विवाहको भूत शान्त त भयो तर उनले अमितको घरको बाहिर डेरा जमाएर बसेकी छन् ।

सबीना भन्छिन् ‘म अमितसँग विवाह गर्न आएको हुँ । उनका परिवारका सदस्यहरूले भने कि अमित उनीभन्दा कान्छा छन् । उसको जेठो दाइ विवाहित हैनन् । त्यसकारण मैले उनलाई भनेको छु कि म अमितको जेठो भाइसँग पनि बिहे गर्न तयार छु, तर म आफ्नो घर जानेछैन किनकि मलाई त्यहाँ खतरा छ ।’

सबिना अमितका जेठो दाजुसँग विवाह गर्न चाहन्छिन् । सविना यसका लागि हिन्दू धर्म अपनाएर हिन्दू देवीदेवताहरूको पूजा गर्न इच्छुक छिन्, तर उनी पुनः फर्किएर आफ्नो घर जान तयार छैनन् । अब उनी अमितको परिवारको निर्णयको प्रतिक्षामा छिन् । उनले आफू कानपुर आउनमा अमितको परिवारको कुनै दोष नरहेको समेत स्पष्ट पारेकी छन् ।

सबिनासँगको सम्बन्धको बारेमा अमित भन्छन् ‘व्हाट्सएपमा सबीनासँग मेरो मित्रता थियो तर विवाह गर्नेबारे कुनै कुरा भएको थिएन ।’ अमित यो पनि भन्छिन् कि सबिनाले उनको नाम व्हाट्सएपमा रिया बताएकी थिइन, म नाबालिग छु । उनले सविनालाई घर फर्किएर जान आग्रह गरेका छन् । अर्काेको घरकी केटी आफूकहाँ आउँदा चिन्ता लागेको अमित बताउँछन् । सविनाको परिवारलाई फोन गरेर बोलाउँदा कुनै वास्ता नगरेको समेत उनले बताएका छन् । (आजतकबाट)

वि.सं.२०७७ भदौ १४ आइतवार १७:०२ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...