back
CTIZAN AD

इस्लामिक स्टेटसँगको युद्धमा एक हप्तामा ४८ सैनिकको मृत्यु

वि.सं.२०७७ भदौ १४ आइतवार

735 

shares

१४ भदौँ। सिरियाली इस्लामिक स्टेट (आईएस) लडाकूको प्रभाव क्षेत्र मानिने पूर्वी प्रान्त देइर अल–जौरको सुख्खा क्षेत्रमा सरकारी सेना र आइएसबीच भएका सशस्त्र भिडन्तमा एक हप्ताको अन्तरालमा कम्तीमा ४८ सिरियाली सैनिकको मृत्यु भएको सिरियाली युद्ध अनुगमनकारी संस्थाहरूले जनाएका छन् ।

आइएसमाथि रूसको सहयोगप्राप्त सिरियाली सेनाले हवाई आक्रमणहरू समेत गरेको थियो । आइएस लडाकूतर्फ २२ र सरकारी ४८ सैनिकको मृत्यु भएको ‘सिरियन अब्जरर्भेटरी फर ह्युमन राइट्स’ले जनाएको छ । आक्रमणपछि सरकार समर्थक ५२ लडाकू पनि सम्पर्कमा नआएको बताइएको छ ।

बेलायतस्थित सिरियाली मानवअधिकारवादी संस्थाका अनुसार उक्त आक्रमणमा रुसको सहयोगमा विद्रोहीविरूद्ध हवाई आक्रमणसमेत भएको थियो ।

सिरियाली आइएस समूहले मुलुकका अन्य भागमा नियन्त्रण गुमाइसकेको भए पनि दुर्गम पूर्वी होम्स र देइर अल–जौर प्रान्तलाई अझै आफ्नो प्रभाव क्षेत्रका रूपमा जोगाउन सफल छ ।

वि.सं.२०७७ भदौ १४ आइतवार १६:४६ मा प्रकाशित

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...