१४ भदौ, काठमाडौं । सिस्टममा समस्या आएपछि रोकिएको कारोबार सुरु भएको छ । कारोबार सुरु भएपछि नेप्सेले कारोबार समय पनि थपेको छ । साताको पहिलो दिन आईतबार बिहान कारोबार सुरु भएको एक घण्टा पछि नै अनलाईन ट्रेडिङ प्रणाली (टिएमएस)मा समस्या आएको थियो । समस्या समाधान भएपछि झण्डै ३ बजेबाट कारोबार सुरु भएको छ भने समय सबिकभन्दा २ घण्टा १५ मिनेट बढाएर सबा ५ सम्म पुर्याइएको छ ।
के भएको थियो नेप्सेमा ?
आइतबार नेप्सेको सिस्टममा मल्टिपल अर्डर हुने समस्या देखिएको थियो । मानौ कुनै एकजना लगानीकर्ताले ५० कित्ता खरिद या बिक्रिगर्न अर्डर गर्दा ३ पटकसम्म ५० कित्ताका दरले १५० कित्ता बिक्रि हुने समस्या देखिएको थियो । अर्डर नै नहालेको शेयर खरिद या बिक्रि भएपछि लगानीकर्ता अत्तिएका थिए । अफूले चाहेको भन्दा बढी सेयर अटोमेटीक किनबेच हुन थालेपछि त्यसलाई क्यान्सल गर्न पनि नमिलेको लगानीकर्ताको गुनासो छ ।
अहिले डिम्याट खातामा भएको शेयर बाहेकको सेयर बेच्न मिल्दैन ।
वि.सं.२०७७ भदौ १४ आइतवार १६:३७ मा प्रकाशित


























