back
CTIZAN AD

आज काठमाडौं उपत्यकाका ४२९ सहित १२२१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३८,५६१ पुग्यो

वि.सं.२०७७ भदौ १४ आइतवार

864 

shares

१४ भदौ, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ४२९ जनासहित देशैभरी १२२१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना संक्रमित थपिएका हुन् । साथै आज कर्णाली प्रदेशको विवरण उपलब्ध छैन ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा १, ओखलढुंगामा ४, झापामा ११, पाँचथरमा १, मोरङमा ४९, संखुवासभामा २ र सुनसरीमा ३३ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै प्रदेश २ को धनुषामा ७५, पर्सामा ४६, बारामा ८२, महोत्तरीमा ३७, सप्तरीमा ६, सर्लाहीमा ३४ र सिराहामा २६ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ३७२, काभ्रेपलान्चोकमा २५,चितवनमा ९०, धादिङमा ३, भक्तपुरमा ४५ मकवानपुरमा ९, रामेछापमा १, ललितपुरमा १२, सिन्धुपाल्चोकमा २ र सिन्धुलीमा ५ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा कास्कीमा ५, गोरखामा ५, तनहुँमा ४, नवलपरासीपूर्वमा २ र बाग्लुङमा ३ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा ३, कपिलवस्तुमा २५, गुल्मीमा ६, दाङमा ५, नवलपरासीमा २१, पाल्पामा ८, प्युठानमा ५, बर्दियामा ६, बाँकेमा १४ र रुपन्देहीमा ६१ जनामा संक्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेशको अछाममा ८, कन्चनपुरमा १, कैलालीमा ६, डोटीमा ११, दार्चुलामा २ र बझाङमा ४७ जना संक्रमित थपिएसँगै आज देशैभरी १२२१ जना संक्रमित थपिएका छन् । जसमा ३४८ महिला र ८७३ पुरुष रहेका छन् ।  आज थपिएका १२२१ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका १८६ सहित आज ८८४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३७,३४० पुग्यो

वि.सं.२०७७ भदौ १४ आइतवार १६:३४ मा प्रकाशित

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

पूर्णप्रसाद मिश्र, काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना...

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

काठमाडौँ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा...

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...