back
CTIZAN AD

छिमेकीको समेत निःशुल्क पिसिआर परीक्षण गर्दै कागेश्वरी मनोहरा नगरपालिका

वि.सं.२०७७ भदौ १४ आइतवार

1.2K 

shares

१४ भदौँ, काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाले छिमेकी नगरबासीको समेत पिसिआर टेस्ट निःशुल्क गर्ने भएको छ ।आज बसेको नगरपालिकाको ५६ औँ बैठकले गरेको निर्णयमा उक्त कुरा उल्लेख गरिएको छ ।

उक्त बैठकले नगरबासीका साथै छिमेकीलाईसमेत निःशुल्क सेवा दिने निर्णय गरेको जानकारी गराइएको हो । ‘यो रोग जो कोहिलाई पनि लाग्न सक्छ तसर्थ संक्रमित र संक्रमितका परिवारलाई हौसला दिई छिमेकीलाई सहयोग गरौ भन्ने भावनाका साथ उक्त निर्णय गरिएको’ मेयर कृष्णहरि थापाले बताएका छन् ।

कोरोनाका बिरामीलाई आइसोलेसनमा बस्ने, बिरामीको उपचार देखि बस्ने खाने व्यवस्था समेत निःशुल्क गर्ने निर्णय पनि बैठकले गरेको छ । त्यस्तै बैठकले सो नगरपालिकामा बसोबास गर्ने क्यान्सर र सुगर का बिरामिहरूका लागी केमो दिन वा डाईलासिस गर्न जानुपर्ने बिरामीको लागी निःशुल्क एम्बुलेन्सको समेत व्यवस्था गरेको छ । उक्त नगरमा १११ जनामा कोरोना संक्रमण देखिए पनि हाल ६० जना निको भै घर फर्किसकेको र अन्य विभिन्न अस्पताल, होम आइसोलेसन र नगरपालिकाको मुलपानी नगर अस्पतालमा रहेको जनाइएको छ ।

बैठकले गरेका निर्णयहरु :

आज मिति २०७७ भाद्र १४ गते कागेश्वरी मनोहरा नगरपालिका को ५६ औ बैठक बसी COVID 19 का कारण मिति २०७७ बैशाख १ गते देखी २०७७ भाद्र १३ गते सम्म २७२९ जनाको PCR Test र १३४४ जनाको RDT Test गरेकोमा (हाल RDT Test बन्द गरिएको) जम्मा १११ जनामा Corona संक्रमित देखीएको छ । Corona संक्रमित ६० जनाको Negative आई Isolation मुक्त भई आफ्नो घर फर्की सकेको र अन्य बिभिन्न अस्पताल, Home Isolation र यस नगरपालिकाको मुलपानी नगर अस्पतालमा रहनु भएको सबैमा जानकारी गराउदछु ।

आज कार्यपालिका बैठक बाट तपसिलका निर्णय गरिएको समेत सबैमा जानकारी गराउदछु ।

तपसिलका

१- प्रत्येक वडामा Corona संक्रमण रोकथाम र नियन्त्रणका लागी वडा अध्यक्षको अध्यक्षतामा, वडा सदस्यहरू, वडा स्वास्थ्य शाखा प्रमुख, राजनितिक पार्टीका प्रतिनिधि, कागेश्वरी मनोहरा रेडक्रसका प्रतिनिधि, सहकारी संस्थाका अध्यक्ष, सामुदायिक बिध्यालयका प्र.अ., निजि बिध्यालयका संचालक अथवा प्रिन्सिपल, Pabson, N Pabson र प्रत्येक टोल सुधर समितिका अध्यक्ष सहितको एउटा समिति गठन गरी आफ्नो वडा मा Corona सम्बन्धि Virtual माध्यम बाट आबश्यक्ता अनुसार सबैलाई जानकारी गराउने र सो को जानकारी नगरपालिकाको स्वास्थ्य शाखामा जानकारी गराउने र स्वास्थ्य शाखाबाट COVID 19 को बारेमा सबै जानकारी लिई संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने कार्यमा अग्रसर हुने ।

२- यस नगरपालिका को मुलपानी नगर अस्पताल बाट हप्ताको २ दिन सोमबार र शुक्रबार बिहान ९ बजे देखी दिउसो १ बजे सम्म PCR Test को लागी Swab Collection गर्न आउदा वडाको सिफारिस नचाहिने तर आफ्नो परिचय खुल्ने परिचय पत्रको फोटोकपी अनिवार्य गरिएको छ ।

३- यस नगरपालिकाले २०७७ बैशाख १ गते देखीनै निःशुल्क RDT/PCR Test गर्दै आएको छ । PCR Test गर्न आउने ब्यक्ति Contact Tracing मा परेको, कुनै लक्ष्यण देखीएको जस्तो लागेमा, अस्पतालमा जचाउन, अप्रेशन गर्न जानुपरेमा र स्वदेश तथा बिदेशमा जानु पर्ने ब्यक्तिले मात्र PCR Test गराउन हुन अनुरोध गरिन्छ । PCR Test छिमेकी नगरपालिकाको नगरबासिहरूको समेत निःशुल्क गरिने छ ।

४- Corona बिमाको लागी सिफारिस दस्तूर नलाग्ने र यदि बिमा गर्नु परेमा बिमा शुल्क आफैले ब्यहोर्ने गरी नगर स्वास्थ्य शाखामा वा वडा कार्यालयमा सम्पर्क राख्नहुन अनुरोध छ ।

५- नगरपालिका वाट Ambulance र Corona Dedicated Ambulance संचालन भईरहेको हुदॉ यदि Ambulance चाहिएमा मुलपानी नगर अस्पताल को ०१- ४१५३५९३ अथवा सह ईन्चार्ज लक्ष्मी कोईरालाको मोबाईल नं. ९८४१-३५७७९२ मा सम्पर्क गर्न हुन अनुरोध छ ।

६- यस नगरपालिकामा बसोबास गर्ने Cancer र Sugar का बिरामिहरूका लागी केमो दिन वा डाईलासिस गर्न जानुपर्ने बिरामीको लागी निःशुल्क Ambulance सोहाको लागी वडा बाट सिफारिस लिई नगर स्वास्थ्य शाखा बाट परिचय पत्र लिनहुन अनुरोध छ ।

७- मुलपानी नगर अस्पतालमा १०० जना सम्म राख्न सकिने गरी Isolation Bed को ब्यवस्था नगरपालिका ले गर्न लागेको र Isolation मा बस्ने Corona लक्ष्यण सामान्य देखीएको संक्रमित लाई निःशुल्क उपचार र बस्न खान दिने ब्यवस्था गरिएको छ । Corona संक्रमित लाई गम्भीर समस्या देखीएमा CCMC मा र Dedicated Hospital मा समन्वय गरी उपचारको लागी मुलपानी नगर अस्पताल बाट पहल गरिने छ ।

यो रोग जो कोहि लाई पनि लाग्न सक्छ तसर्थ संक्रमित र संक्रमितका परिवार लाई हौसला दिई छिमेकी लाई सहयोग गरौ कुनै सहयोग चाहिएमा वडा अध्यक्ष वा वडा सदस्य मार्फत आबश्यक सहयोग लागी खबर गरिदिनहुन अनुरोध गर्दै सकभर Corona संक्रमित लाई Home Isolation मा १४ दिन राखी उपचार गर्दा चाडै संक्रमित मुक्त हुन सहयोग गरौ ।

थप जानकारीको लागी

कृष्णहरि थापा मेयर

९८५१०-२७१२१ मा सम्पर्क गर्नु होला ।

 

वि.सं.२०७७ भदौ १४ आइतवार १६:२७ मा प्रकाशित

विपद् मा नसर्ने रोगी उच्च जोखिममा : भजनी र लालझाडीद्वारा ‘पेन डी प्याकेज’ लाई नीति तथा कार्यक्रममा समावेश गराउँदै

विपद् मा नसर्ने रोगी उच्च जोखिममा : भजनी र लालझाडीद्वारा ‘पेन डी प्याकेज’ लाई नीति तथा कार्यक्रममा समावेश गराउँदै

टीकापुर (कैलाली) । कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकाले...

प्रतिनिधिसभा बैठकः जातीय विभेद अन्त्य गर्न सांसदको माग

प्रतिनिधिसभा बैठकः जातीय विभेद अन्त्य गर्न सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभा सदस्य नीता घतानीले दलित समुदायमाथि हुँदैआएको डेरा...

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्माको...

सुनको मूल्य तोलामा पाँच सयले वृद्धि

सुनको मूल्य तोलामा पाँच सयले वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले...

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज अपराह्न बस्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्री...

ट्राफिक प्रहरीद्वारा एक सातामै एक करोड १८ लाख बढी राजस्व सङ्कलन

ट्राफिक प्रहरीद्वारा एक सातामै एक करोड १८ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले वैशाख २९ गतेदेखि आजसम्म...