back
CTIZAN AD

काठमाडाैं उपत्यकामा स्वास्थ्यकर्मीका लागि निःशुल्क बस सेवा सुरु

वि.सं.२०७७ भदौ १४ आइतवार

855 

shares

काठमाडाैं । काठमाडाैं उपत्यकाका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि निःशुल्क बस सेवा सुरु भएको छ ।

नेपाल मेडिकल एसाेसिएशन, रोटरी क्लब अफ काठमाण्डाै हेल्थ प्रोफेसनल, नेपाल नेशनल अस्पताल कलङ्की, नेपाल स्काउट र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल हिसानको सहकार्यमा अस्पतालमा कार्यरत कर्मचारी तथा डाक्टरको सहजताकाे लागि आइतबारदेखि निःशुल्क बस सेवा सुरु भएको हो ।

नेपाल नेशनल अस्पतालका मेडिकल निर्देशक डाक्टर प्रकाश पौड्यालले गाडीका कारण स्वास्थ्य प्रवाहमा बाधा नपुगोस् भन्ने उद्देश्यले निःशुल्क बस सेवा सुरु गरेको जानकारी दिए । बस बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म र बेलुका साढे ५ बजेदेखि साढे सात बजेसम्म चल्नेछ ।

बाँसबारीबाट सुरु हुने बस त्रिभुवन शिक्षण अस्पताल टिचिङ, कान्ति बाल अस्पताल, वीर अस्पताल, थापाथली अस्पताल हुँदै पाटन अस्पतालसम्म र अर्को बस पाटन अस्पतालदेखि सुरु भइ थापाथली, आँखा अस्पताल त्रिपुरेश्वर, वीर अस्पताल, कान्ति बाल अस्पताल, टिचिङ अस्पताल हुँदै बाँसबारीसम्म र अर्को बस चक्रपथ परिक्रमा गर्नेछ ।

अहिले तीन वटा बसले सेवा दिए पनि स्वास्थ्यकर्मीको माग र आवश्यकतालाई हेरेर सेवा र समय बढाउँदै लैजाने एसाेसिएशनका कार्यकारी सदस्य डाक्टर रितेश थापाले जानकारी दिए ।

यस्तै उनले बस चढ्न कुनै समस्या परे ११४७ हटलाइन नम्बरमा फोन गर्न आग्रह गरेका छन् । रासस

वि.सं.२०७७ भदौ १४ आइतवार १६:०८ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...