back
CTIZAN AD

हिजोका गद्दार, क्रान्तिका कायर अहिले आफूलाई गज्जवका नेता ठानिरहेछन्

वि.सं.२०७७ भदौ २१ आइतवार

1.1K 

shares

सबैखालका सामाजिक विकृतिको अन्त, समानतामुलक समाज निर्माणका लागि भन्दै भएको १० वर्षे जनयुद्धमा हजारौँ नेपाली दाजुभाइदिदी बहिनीले आफ्नो ज्यानको आहुति दिए । तर आज १० वर्षे युद्धको मर्म विपरित नेतृत्व सत्ता र सुविधामा लिप्त रहँदा हिजो ज्यानको आहुति दिने परिवार, युद्धका कारण अपाङ्गता बनेकाहरुको अवस्था अत्यन्त पीडादायी छ । आज नेतृत्वले बाटो बिराउँदा देशका लागि बलिदानी दिने त्यस्ता परिवारका आफन्तहरु सवाल गरिरहेका छन्, के का लागि थियो हाम्रा आफन्तको बलिदानी ?
यस्तै गुनासो गरेकी छन, एक शहिद पत्नि निरु दर्लामी कुँवरले ।

आफ्ना पतिको सम्झनामा दर्लामी लेख्छिन् :

आज कलम चलाउन पटक्कै मुड थियन । अनि शव्द पनि थिएन । सबै घट्ना परिघट्नाहरुले सानो दिमाग पूरा भरिएको थियो । सबै गतिबिधि नजिकबाट नियालेर हेरिरहेको थिएँ । आज दिनभर जसो सबैको स्टाटस नियालि रहे । फेरि थाकेर लखतरान भएका दिल दिमाग अनि निचोरेर फ्यालियका कागति जस्तै बनेका मनहरुमा अलिकति चिनि मिसाएर भएपनि सम्झने प्रयत्न गरे । अनि आफैले समिक्षा पनि गरे तिमी इमान्दार थियौ र त मृत्युको वलिवेदिमा आफ्नो जीवन अर्पण गर्ने निर्णय गर्यौ र त आ महान भनौ कि अनर्थ भनौ !

यो शब्दमा अल्झिएको पनि १७ बर्ष पो लागे छ जो गद्दार थियो, जो क्रान्तिका कायर थियो र त अहिले गज्जवका नेता वनेर विना पिडाका साथ आत्मा देखि दिल खोलेर हाँसेर मंचमा बस्ने हैसियत राखे । अनि अब्बल दर्जा नेता आफुलाइ ठानि रहे । सायद तिमी, सायद तिमी अहिले जिवित थियौ भने, सबैले चाहेको जस्तो त नभनौ सायद सिन्धुलिका जनताले चाहेको जस्तो निडर नेतृत्व हुने नै थियौ । अहिले जस्तो विकृत संगठन अनि भ्रष्टाचारि सोच र आलिसान महलका पारखिहरुको निम्ति पहाड बनेर उभिने हिम्मत राख्ने एउटा असल र स्वच्छ छविको नेतृत्वको रुपमा आफुलाइ साबित गर्ने नै थियौ र त आज तिमी मारियौ ।

गणतन्त्र त अजिवको हात्ती झै भएको छ । किनकि नेतृत्वले आफू अनुकुलको व्याख्या गरिरहँदा सायद तिमी जस्तै हज्जारो हजारको रगत मरुभूमिमा धुलिसाफ भइरहेको छ । अनि तिम्रो हिजोका साना साना नानिहरुजस्तै हज्जारौं नानिहरुको भविष्यमा खेलबाड गर्दै अहिले आन्दोलन नै धारासाहि बनेको छ । हिजो तिमिले भनेजस्तै बाहिर खसी टाउको झुण्ड्यायर भित्रबाट कुकुरको मासु विक्रि गर्ने थलो पो भइरहेको छ ।

आज म नजिकबाट तिमिलाई पढिरहेकि छु, किनकि हिजो यो समाजको उपमा भनौ कि सामान्तहरुको दमन गर्ने शैलिका कारण भनौ, जो यो समाजले दलित भनेर हेला होचो गर्ने समुदायको श्रम, सीप, यौवन चल्ने तर पानी नचल्ने जो प्रथा थियो, त्यसको विरुद्ध धावा बोल्ने मुक्ति युद्धको यउटा असल, पारखि योद्धा तिमी, हिजो नेतृत्वलाई चौतर्फी घेरा हाल्दा आफ्नो छाति ढाल बनायर गोलिखान तयार तिमी, आज थाहा छ बाबा, तिम्रो नेतृत्वलाइ संकट पर्दा नेतृत्वको चौतर्फी आक्रमण भइरहँदा सायद नेतृत्वको पक्षमा गोलि खान मन त कता हो कता नेतृत्वको ‘न’ पनि पो उच्चारण गर्न मन नलाग्ने गरि फुटेको हाडि झै मन कोतरिएको छ मन चिथोरिएको छ । अनि बाबा नेतृत्वले शहिदको सपना उच्चारण गरिरहँदा कता कता आफु कमजोर भएर मागिखाने भाँडो बनाई रहेको आभाष हुन्छ ।

अनि बाबा, गणतन्त्र त अजिवको हात्ती झै भएको छ । किनकि नेतृत्वले आफू अनुकुलको व्याख्या गरिरहँदा सायद तिमी जस्तै हज्जारो हजारको रगत मरुभूमिमा धुलिसाफ भइरहेको छ । अनि तिम्रो हिजोका साना साना नानिहरुजस्तै हज्जारौं नानिहरुको भविष्यमा खेलबाड गर्दै अहिले आन्दोलन नै धारासाहि बनेको छ । हिजो तिमिले भनेजस्तै बाहिर खसी टाउको झुण्ड्यायर भित्रबाट कुकुरको मासु विक्रि गर्ने थलो पो भइरहेको छ । त्यत्ति मात्र कहाँ हो र तिम्रा नेता कसैको तिथिमा गोहिको आँसु चुहाउदै महान सहिदको उपमा दिदै माल्यर्पण गर्न यो कोरोना कहरमा पनि पुगेको देखे । अनि त्यहि महिना त्यहि कोरोना कहरमा तिम्रो भित्तामा झुन्डिएको फोटोमा फुलको माला त कता हो कता फुलको १ थुङ्गा पनि चढाउन जान नसक्ने नेताको पछि लागेर आफ्नो अमुल्य जीवन दान गर्यौ । त्यसैले मलाइ लागि रहेको छ आखिर सहिदको रगतको मूल्य पनि फरक बनाइदो रहेछ । कारण तिम्रो घरपरिवार उनको गुलाम हुन नसक्नु नै आजको समयको मुख्य कारण बनेको छ । तिमी भौतिक रुपले सकियौ, विचारले गद्दार हुन परेन । वाँच्नेहरु वैचारिक कोरोनाको माहामारिमा सोत्राम भएर फगत आफु कहाँ परे, अनि कहाँ हराए, भनेर वैचारिक हिसाबले जिर्ण शरीर लिएर गुर्जोको लहरा पो औँषधि हुन्छ कि भनेर धुइँपातल तितो भएनि गुर्जो औँषधि हुन्छ भनेर खोजिरहेका छन् । तेहि लहरामा अल्झिरहेका छन् । तिमिले भनेजस्तो समाजवाद आउनेमा शंकै शंका छ । गणतन्त्र त आयो, राजतन्त्र गयो । तर दुबै हात्ती र हात्ती छाप चप्पल कुन बलियो भने झै जनतालाई गाउँ गाउमा सिहंदरबारको स्वाद राम्रैसँग चखाएका छन् । अनि हिजो २ छाक अघाउन्जेल ढिडो खान नपाउनेहरु राम्रैसंग मोटाएका छन् । सधै झैँ यो पटक जसरी भएनी ब्यक्तिगत रुपमा सम्झने तिम्रो परिवारले सम्झन सकेन माफ गर । तर सदैब सिन्घुलिका जनता अनि तिम्रो परिवारले कहिल्यै पनि बिर्सिएको छैन । आज को दिन तिमी संगै उच्च शहादात प्राप्त गर्ने आदर्णिय दाइ मोहन चन्द्र गौतम लगायत सिरहा जिल्लाको धन्छवारमा उच्च शाहदात प्राप्त गर्ने महान सहिदहरु प्रति पुनः भावपुर्ण श्रद्धाञ्जली ।

वि.सं.२०७७ भदौ २१ आइतवार १४:२७ मा प्रकाशित

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...