२४ भदौ, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौरमा रहेको साविकको धौलागिरि अञ्चलकै पहिलो मानव निर्मित पोखरी । यसलाई बूढोपोखरी पनि भनिन्छ । यो पोखरी विसं १८६६ मा निर्माण गरिएको थियो ।

कर्णालीको रैथानेबालीका रुपमा चिनिने कोदो (अन्न) । हाल जुम्लाका किसानहरुको गह्रामा फलिसकेको छ ।
म्याग्दीको बेनी नगरपालिका-४ सिँगास्थित हरियाली ग्रुपको फार्ममा कालिजपालन ।

कोभिड –१९ का कारण जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञामा सुनसान देखिँदै विश्वसम्पदा सूचीमा सूचीकृत रहेको भक्तपुरको पर्यटकीयस्थल दरबार स्क्वायर ।

नुवाकोटको दुप्चेश्वर गाउँपालिका-१ घ्याङफेदीको मौसमी झरना । बर्खा शुरुभएदेखि यस क्षेत्रमा दर्जनबढी झरना बग्न शुरु भइ माघ–फागुनसम्म कायम रहन्छ ।

तस्बिरहरु रासस
वि.सं.२०७७ भदौ २४ बुधवार १८:५७ मा प्रकाशित






























