back
CTIZAN AD

लुम्बिनीको पर्यटन विकासका लागि बौद्ध पर्यटक प्रवद्र्धन समिति गठन

वि.सं.२०७७ भदौ २४ बुधवार

897 

shares

२४ भदौ, रुपन्देही । बुद्धको जन्मस्थल लुम्बिनीलाई पर्यटकीय उपजका रुपमा विकास र प्रवद्र्धन गरी धेरैभन्दा धेरै बौद्ध पर्यटक भित्र्याउने योजनाका साथ नेपाल पर्यटन बोर्डका समन्वयमा बौद्ध पर्यटक प्रवद्र्धन समिति गठन गरिएको छ । लुम्बिनी तथा बुद्घ र बौद्ध धर्मसँग सम्बन्धित धार्मिक, पुरातात्विक र ऐतिहासिक सम्पदाको प्रवद्र्धन, बजारीकरण तथा प्रचारप्रसार गर्ने उद्देश्यले समिति गठन गरिएको बोर्डले जनाएको छ ।

बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मी संयोजक रहेको उक्त समितिमा पर्यटन व्यवसायी विक्रम पाण्डे सहसंयोजक, बुद्घ धर्म संस्कृतिका अध्येता प्रा डा रमेश ढुङ्गेल, डा सन्दुक रुइतलगायत पर्यटन क्षेत्रमा विशिष्ट पहिचान बनाएका व्यक्ति एवं पर्यटनसम्बद्ध संघसंस्थाका नेतृत्वसमेत सदस्यका रुपमा रहेका छन् । लुम्बिनी विकास कोषको पनि प्रतिनिधित्व रहेको उक्त समितिले बुद्घसँग सम्बन्धित अन्य स्थल तिलौराकोट, रामग्राम, देवदह, कुदान, गोटिहवा, निग्लिहवा र सगरहवाको प्रवद्र्धन ब्राण्डीङ, सौन्दर्यीकरण, प्याकेजिङ, अन्य वरिपरिका पर्यटकीयस्थलसँग जोड्ने कार्य तथा अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसारको ढाँचा तय गर्नेछ ।

उक्त विषयमा अध्ययन र विचारविमर्श गरी कार्ययोजना बनाएर तीनै तहका सरकार, स्थानीय समुदाय, निजी क्षेत्र, लगानीकर्ता र अन्तर्राष्ट्रिय साझेदार संस्थासँग सहकार्य गर्ने कार्यक्रम तय गरिएको छ । भैरहवामा निर्माणाधीन गौतमबुद्घ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अन्तिम चरणमा पुगेका अवस्थामा बौद्घमार्गी तथा शान्तिप्रिय पर्यटकलाई विभिन्न मुलुकबाट नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य स्थलमार्गबाट लुम्बिनी ल्याउन पहल गर्ने कार्यको समेत उक्त समितिले योजना बनाउने जनाइएको छ ।

वि.सं.२०७७ भदौ २४ बुधवार १९:०२ मा प्रकाशित

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

गोपालप्रसाद बराल, महोत्तरी । केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

मोरङ । कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने भएको...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...