२५ भदौ, पोखरा । गण्डकी प्रदेशमा आज पोखराका महानगरपालिकाका २० सहित ५१ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा आज थपिएकामा पोखराका महानगरपालिका विभिन्न वडाका २० जना, बागलुङका ९ जना, तनहुँका ४ पर्वतका १, स्याङजामा १२ र नवलपरासीपूर्वका ५ गरी ५१ जना संक्रमित थपिएका हुन् ।
आज थपिएका ५१ जनासँगै गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या २७३० पुगेको छ ।

वि.सं.२०७७ भदौ २५ बिहीवार १३:०८ मा प्रकाशित






























