भदौँ २६, काठमाडौँ । अष्ट्रेलियन क्रिकेट टिमका खेलाडी तथा पुर्वकप्तान स्टीवन स्मिथले भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई एकदिवसीय क्रिकेटको सबै भन्दा उत्कृष्ट ब्याट्सम्यान बताएका छन ।
इन्स्टाग्राममा उनका एक समर्थकले सोधेको प्रशनको उत्तर दिदैँ स्मिथले विराट कोहली अहिले समयमा एकदिवसीय क्रिकेटको सबै भन्दा उत्कृष्ट ब्याट्सम्यान रहेको बताएका हुन ।

अष्ट्रेलियन क्रिकेट टिमका कप्तान समेत रहेका स्टीवन स्मिथले २४० अन्तराष्ट्रिय खेल खेल्दैँ १२१०१ रन बनाएका छन ।
स्टीवन स्मिथ अहिले अष्ट्रेलियाको एकदिवसीय टोलीमा रहेका छन । अष्ट्रेलियााले आज इंल्याण्ड विरुद्ध पहिलो एकदिवसीय खेल्दैँ छ ।
वि.सं.२०७७ भदौ २६ शुक्रवार १४:४५ मा प्रकाशित

























