back
CTIZAN AD

प्रचण्डको फेरियो कुर्सी स्थान, कुर्सी सबैको ‘सेन्टर’मा

वि.सं.२०७७ भदौ २६ शुक्रवार

927 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक जारी छ । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको प्रतिवेदनमाथि केन्द्रित रहेर छलफल भईरहेको छ ।

५१ दिनको स्थगनपछि सुरु बैठकमा केहि परिवर्तनहरु देखिएका छन् । आजको बैठकमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डको कुर्सी स्थान फेरिएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले सार्वजनिक गरेको तस्बिरमा प्रचण्डको कुर्सी सबैको ‘सेन्टर’मा देखिन्छ ।

बैठकमा स्थलमा प्रचण्डको दाँयातिर ओली र वरिष्ठ नेता झलनाथ खनाल छन् भने बायाँतर्फ वरिष्ठ नेता माधवकुमार नेपाल र पार्टी उपाध्यक्ष बामदेव गौतम छन् । बैठक स्थललाई हेर्दा महासचिव पौडेलसहित अन्य सचिवालयका सदस्यलाई बेग्ला–बेग्लै कुर्सी र टेबलको व्यवस्था गरिएको छ ।

अन्य स्थायी समिति सदस्यलाई दुई/दुई जनाको दरले राखिएको देखिन्छ ।

यसअघि नेकपाभित्र पटक–पटक दुई अध्यक्षको कुर्सीलाई लिएर विवाद चल्दै आएको थियो । प्रचण्डले कुर्सी र उचित भूमिका नपाएको दुःखेसो पोख्दै आएका थिए । विगतका बैठकहरुमा प्रधानमन्त्री ओलीको कुर्सी ‘सेन्टर’मा रहने गर्दथ्यो ।

वि.सं.२०७७ भदौ २६ शुक्रवार १४:२७ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...