back
CTIZAN AD

रिया चक्रवर्तीको जमानत निवेदन अदालतद्वारा खारेज, जाने भईन फेरि जेल

वि.सं.२०७७ भदौ २६ शुक्रवार

744 

shares

काठमाडौं । अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणमा अनुसन्धानको लागि गिरफ्तारीमा परेकी अभिनेत्री रिया चक्रवर्तीको जमानत निवेदन खारेज भएको छ । शुक्रबार मुम्बईको सेशंस अदालतले रियाको जमानत निवेदन खारेज गरेको हो ।

अदालतले रियासहित मृत्यु प्रकरणमा जोडिएका अन्य ६ को पनि जमानत निवेदन खारेज गरिदिएको छ ।

अदालतका न्यायधिस जेबी गुरवले अपराध गम्भीर खालको भएको भन्दै जाँचको आवश्यकता देखाएको छ । यता रियाका वकील सतीश मानशिन्देले भने अर्को कदम चाल्ने बताएका छन् । जनाइएअनुसार उनले आगामी हप्ता उच्च अदालतमा अपील गर्न सक्नेछन् ।

मृत्यु प्रकरणको अनुसन्धान गरिरहेको नार्कोटिक्स कन्ट्रोल ब्यूरो ९एनसीबी०ले रिया चक्रबर्तीलाई गत ८ सेक्टेम्बरमा गिरफ्तारी गरेको थियो । जसपश्चात नार्कोटिक्सले १४ दिन (२२ सेक्टेम्बर)सम्मको लागि रियालाई न्यायिक हिरासतमा पठाएको थियो ।

हाल रिया मुम्बईको भायकुला जेलमा छिन् । रियाका वकील सतीश मानशिन्दले बुधबार रियाको जमानतबारे निवेदन गरेका थिए ।

हालसम्म सुशान्त सिंह राजपूत मृत्यु प्रकरणमा ड्रग्स प्रयोगको विषय महत्वपूर्णं रुपमा अगाडि आएको छ । जसबारे अनुसन्धान गरिरहेको नार्कोटिक्स कन्ट्रोल ब्यूरो ९एनसीबी०ले अभिनेत्री रिया चक्रवर्तीसहित १० जनामाथि अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार

रिया चक्रबर्तीको बारेमा आज फैसला हुने, के रिया फेरी जेलमै जालिन् ?

वि.सं.२०७७ भदौ २६ शुक्रवार १३:५२ मा प्रकाशित

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट...