back
CTIZAN AD

रिया चक्रबर्तीको बारेमा आज फैसला हुने, के रिया फेरी जेलमै जालिन् ?

वि.सं.२०७७ भदौ २६ शुक्रवार

738 

shares

काठमाडौं । अभिनेता सुशान्त सिंह राजपूत मृत्यु प्रकरणमा गिरफ्तारीमा परेकी अभिनेत्री रिया चक्रवर्तीको जमानत निवेदनबारे आज फैसला हुने भएको छ । भारतीय सञ्चार माध्यमले जनाएअनुसार चक्रवर्तीको विषयमा मुम्बईको सेशंस अदालतमा आज फैसला हुँदैछ ।

मृत्यु प्रकरणमा अनुसन्धानको घेराभित्र परेकी रिया हाल न्यायिक हिरासतमा छिन् ।

रियालाई भारतको नेशनल क्राइम ब्यूरोले ड्रग्सको प्रयोग मुद्दामा गिरफ्तारी गरेकाे थियो । जसपश्चात अदालतले १४ दिनको लागि २२ सेक्टेम्बरसम्म न्यायिक हिरासतमा पठाएको थियो । हाल उनी भायकुला जेलमा न्यायिक हिरासतमा छिन् ।

रियाका वकील सतीश मानशिन्दले बुधबार रियाको जमानतबारे निवेदन गरेका थिए ।

हालसम्म सुशान्त सिंह राजपूत मृत्यु प्रकरणमा ड्रग्स प्रयोगको विषय महत्वपूर्णं रुपमा अगाडि आएको छ । जसबारे अनुसन्धान गरिरहेको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले अभिनेत्री रिया चक्रवर्तीसहित १० जनामाथि अनुसन्धान गरिरहेको छ ।

वि.सं.२०७७ भदौ २६ शुक्रवार १२:२८ मा प्रकाशित

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...