back
CTIZAN AD

जनरल ईन्स्योरेन्सको आईपिओ स्विकृत, चाडै निस्कासन हुने

वि.सं.२०७७ भदौ २६ शुक्रवार

924 

shares

२६ भदौ, काठमाडौं । बीमा कम्पनी जनरल इन्स्योरेन्सको प्राथमिक कित्ता सेयर निस्कासन (आईपिओ) को आबेदन स्विकृत भएको छ । बिहिबार धितोपत्रबोर्डले उसले मागेको अनुमतीलाई स्विकृती प्रदान गरेको हो । गत असार ५ गते उसले धितोपत्र बोर्डमा सेयर निस्कासनको अनुमति माग्दै आबेदन दिएको थियो ।

अब उसले रु ३० करोड बराबरको ३० लाख कित्ता सेयर निस्कासन गर्न पाउने छ । त्यसको ५ प्रतिशत कर्मचारीहरुको लागि तथा ५ प्रतिशत सामूहिक लगानीकोषको लागि छुट्याएर बाँकी २७ लाख कित्ता सेयरमा सर्बसाधारणले आबेदन दिन पाउने छन् ।
नियामक निकाय बिमा समितिले निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी १ अर्ब हुनु पर्ने अनिबार्य व्यवस्था गरेको छ । सोहि अनुसार कम्पनीले सेयर निस्कासन मार्फत चुक्ता पूँजी १ अर्ब पुर्याउन लागेको हो ।

कम्पनीको हालको चुक्ता पूँजी ७० करोड रुपैंयाँ रहेको छ । सेयर निस्कासन मार्फत उसले ३० करोड रुपैंया पूंजी थप गर्दै १ अर्ब चुक्ता पूँजी पुर्याउन लागेको हो । २०७५ असार ६ गतेबाट आफ्नो सेवा सुरु गरेको यो कम्पनीले गत आर्थिक बर्ष २०७६/७७ मा ५४ हजार ९४१ बिमालेख जारी गरेको थियो जस वापत उसले ५३ करोड६८ लाख २१ हजार रुपैंयां आम्दानी गरेको थियो भने २६ करोड ६५ लाख २५ हजार दावी भुत्तलानी गरेको थियो ।

अबको १५ दिनमा सर्बसाधारणको लागि सेयर निस्कासन गरिने कम्पनीका सिईओ एसके तमोटले जानकारी दिएका छन् ।
“बुधबारमात्र धितोपत्र बोर्डले सेयर निस्कासनको स्विकृत दिएको छ,।” सिईओ तमोटले भने, “अब कम्पनी रजिस्टारको कार्यालयमा सुचिकृत गरेपछि जतिसक्दो चाँडो सेयर जारी गर्छौं ।”

कम्पनीले सेयर निस्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लाई नियुक्त गरेको छ ।

वि.सं.२०७७ भदौ २६ शुक्रवार ११:५६ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...