२६ भदौ, काठमाडौँ । नेपालको बर्तमान संबिधानका एक मस्यौदाकार समेत रहेका वरिष्ठ अधिवक्ता तथा सत्तारुढ नेकपाका नेता खिमलाल देवकोटाले पाटीहरु बिघटनको खतरामा पुगेकोमा चिन्ता ब्यक्त गरेका छन् ।
उनले विस्तारै पार्टीका गतिविधिहरु ठप्प हुदै जाँदा पार्टी स्वतः विघटनको खतरासँग जुध्दैछन् भन्न कठिन छैन पार्टी विघटनको संघारमा जाँदै गर्दा समाजवाद स्थापना गर्ने लक्ष्य लिएका पार्टीहरु दलिय पद्दतिमा आधारित पुँजीवादी लोकतन्त्र समेत स्वतः खतरामा छ भन्ने कुरा पनि दोहोराउन कठिन हुदैन भन्ने तर्क राखेका छन ।
समाजवादी नेतृत्व विचार र कार्यशैली आजको आवश्यकता बिषयक दृष्टिकोण सार्वजनिक गर्दै उनले लोकतन्त्र कुल्चनेहरुले कोरोनालाई बहाना बनाउन पाएको बिश्लेषण समेत गरेका छन् ।
निरंकुशतासंग लडेका दलहरु भुमिगत कार्यशैलीमा अभ्यस्त पार्टी र नेताहरु निरंकुशताको दवदवा भएका वेला पनि कठोर कारावास जीवन विताएका वखत पनि आफना पार्टीका दैनिकिहरुमा तलमाथि नपारेका दलहरु आज एकाएक कोरोनाका वाहानामा किन आफना गतिविधिहरु ठप्प पारे आश्चर्यको विषय वनेको छ ।
यस सम्बन्धमा उनले अगाडि भनेका छन् :
‘समाजवादी नेतृत्व विचार र कार्यशैली आजको आवश्यकता हो तर झण्डै आधा वर्ष कोरोनाले विश्व अक्रान्त छ । विगत छ महिना राजनैतिक वृत्तमा आईपर्ने नियमित प्रकृया ठप्प प्राय छन् । मुलुक संचालनका नियमित प्रकृयाहरु भत्किएकाछन् । शासन प्रशासन अस्तव्यस्त छन् । अदालतका काम कारवाही निलम्वित छन् । विकास निर्माणका कुरा एकादेशको कथा भएका छन् । संसारभरीका निर्वाचनहरु निलम्वित स्थगित वा पर सारिएका छन् । नियमित लोकतान्त्रिक प्रकृयाहरु निलम्वित भएका छन् । कोरोना केवला संक्रामक रोग हैन यो त महाव्याधि हो । संक्रामक रोग भन्दा खतरनाक महामारी र महामारी भन्दा पनि खतरनाक महाव्याधि हो । महाव्याधिका यो अवस्थामा आधुनिक लोकतन्त्र जोखिममा परेको छ । यसको प्रभावका साथै समाजवादी पार्टी निर्माणको चासोका वारेमा चर्चा गर्नु पर्ने आवश्यकता बढेको छ । ’
कोरोनाका कारण लोकतन्त्र प्रभावित भन्दै उनले भनेका छन् ‘कोरोनाको कहरका कारणले संसारभरका निर्वाचनहरु प्रभावित भएका छन् ।अमेरिका लगायतका केही देशहरुले निर्वाचन तोकिएको मितिमै सम्पन्न गर्ने वताईरहदा पनि कोरोनाको त्रासका कारणले सामाजिक दुरी कायम गर्न पने वाध्यताका कारणले र निश्चित संख्याभन्दा वढी मानिस भेला जम्मा हुन नपाईने कारणले सभा सम्मेलन वैठकहरु सम्पन्न गर्न नपाइृने भएका कारणले सम्पन्न हुने निर्वाचन पनि लोकतन्त्रका मुल्य मान्यताका आधारमा सम्पन्न हुन कठिन छ । यही वाहानामा निर्वाचन नगर्नेहरुका लागि त यो अवसर अधिनाकयकवाद लागु गर्ने, निरंकुशता लादने र शक्तिको दुरुयोग गर्ने सुनौलो मौका नै भएको छ । जन अनुमोदित हुन नचाहनेहरुका लागि यो राम्रो अवसर भएको छ । पारदर्शि हुन नचाहनेहरुका लागि पनि यो वरदान वनेको छ । नियमिति कानुन र विधिको परिपालनालाई झण्झट ठान्ने प्रवृत्ति समेतलाई पनि कोरोनाले उपयुक्त अवसर खडा गरिदिएको छ । समाजवाद स्थापना गर्ने यो घडीमा पुजिवादी लोकतन्त्रलाई पनि जीवन पद्दति वनाउन नचाहने प्रवृत्तिले यो अवसरको दुरुपयोग गर्ने काफी संभावना भएका कारणले त्यो खतरावाट जोगाउन समाजवादी लोकतन्त्रका हिमायतीहरुले विशेष चासो राख्न जरुरी छ । ’
समाजवादी लोकतन्त्र, लोकतान्त्रिक अभ्यास र लोकतान्त्रिक संस्कृति विल्कुल जोखिममा रहेको धारणा ब्यक्त गर्दै उनले आन्तरिक लोकतन्त्र झन खतरामा परेको स्विकारेका छन । यस सन्र्दभमा गोरखापत्रमार्फत उनले अगाडि भनेका छन् ‘समग्र लोकतन्त्र खतरामा पर्ने भए पनि आन्तरिक लोकतन्त्र खतरामुक्त हुने कुरै भएन । समाजवादी लोकतान्त्रिक अभ्यास गर्न प्रतिवद्ध भएका दलहरु र देशको संविधान र कानुनले सो अभ्यास गर्न वाध्य वनाएको समेत परिस्थितिमा कोरोनाका कारण ती सवै पुजिवादी लोकतान्त्रिक गतिविधि पनि ठप्प छन् । कोरोनाको संक्रमण फैलनु अगावै देखि नै आन्तरिक लोकतन्त्र ठप्प प्राय भएका राजनैतिक दलहरुका वैठकहरु वसेका छैेनन् । संविधानले , पार्टीको विधान र निर्णयले समेत तोकिएको समयभित्र महाधिवेशन गर्न पर्ने वाध्यता भएका पार्टी सत्तारुढ र प्रमुख प्रतिपक्षी पार्टीको महाधिवेशनको तयारी तदारुकताकासाथ गरिएको छैन कोरोनाका वाहानामा हाइसन्च मानेकाछन् । सत्तारुढ पार्टीको सदस्यता नविकरण गर्ने अभिलेख चुस्तदुरुस्त राख्ने र महाधिवेशनका लागि गर्नै पर्ने कुनै पनि काम आजका मितिसम्म भएका छैनन् । लोकतन्त्रका लागि जीवनपर्यन्त संघर्ष गर्ने पार्टी र नेताहरुले लोकतन्त्र जोगाउन आफनै पार्टीको महाधिवेशनका लागि गर्नै पर्ने न्युनतम काम पनि थालिएको सम्म पनि छैन । यी विषयले समाजवादी लोकतन्त्र, लोकतान्त्रिक अभ्यास र लोकतान्त्रिक संस्कृति विल्कुल जोखिममा छ भन्न्ने कुरा स्वतः स्पष्ट छ । ’
निरंकुशतासंग लडेका दलहरु भुमिगत कार्यशैलीमा अभ्यस्त पार्टी र नेताहरु निरंकुशताको दवदवा भएका वेला पनि कठोर कारावास जीवन विताएका वखत पनि आफना पार्टीका दैनिकिहरुमा तलमाथि नपारेका दलहरु आज एकाएक कोरोनाका वाहानामा किन आफना गतिविधिहरु ठप्प पारे आश्चर्यको विषय वनेको भन्दै पार्टीहरु विघटनको खतरामा रहेको उनले बताएका छन । उनले भनेका छन ‘मात्रै छ महिनाको कोरोनाका कहरका कारणले पार्टीका नियमति काम कारवाहीहरु ठप्प प्राय छन् जवकि निरंकुशतासंग लडेका दलहरु भुमिगत कार्यशैलीमा अभ्यस्त पार्टी र नेताहरु निरंकुशताको दवदवा भएका वेला पनि कठोर कारावास जीवन विताएका वखत पनि आफना पार्टीका दैनिकिहरुमा तलमाथि नपारेका दलहरु आज एकाएक कोरोनाका वाहानामा किन आफना गतिविधिहरु ठप्प पारे आश्चर्यको विषय वनेको छ । लगातार तिनवटा वैठकमा अनुपस्थित भएमा, तोकिएको अवधिमा वैठक सम्पन्न गर्न नसकेमा निश्चित अवधिमा लेवी नियमित गर्न नसकेमा स्वतः पार्टी सदस्यता समाप्त हुने लेनिनवादी संगठनात्मक पद्दतिमा अभ्यस्त पार्टीहरु आज विगत चटक्कै विर्सेको अवस्था निकै अनौठो वनेको छ । विस्तारै पार्टीका गतिविधिहरु ठप्प हुदै जादा पार्टी स्वतः विघटनको खतरासंग जुधदैछन् भन्न कठिन छैन पार्टी विघटनको संघारमा जादै गर्दा समाजवाद स्थापना गर्ने लक्ष लिएका पार्टीहरु दलिय पद्दतिमा आधारित पुजिवादी लोकतन्त्र समेत स्वतः खतरामा छ भन्ने कुरा पनि दोहोराउन कठिन हुदैन । ’
भर्चूअल, ई कमर्स र ईगभर्नेन्सको महत्वमा जोड दिंदै अवको वाटोमा उनले भनेका छन् ‘प्रतिपक्षी पार्टी नेपाली कांग्रस आफैमा पुजिवादी लोकतन्त्रको प्रमाणपत्रधारी पार्टी हो उसकालागि लोकतान्त्रिक पद्दति अवलम्वन गर्न जरुरी छ भन्न पर्ने कुरा होईन त्यसै गरी तत्कालिन नेकपा एमाले र माओवादीको एकिकरण मार्फत वनेको नेकपाको राजनैतिक दस्तावेजले लोकतन्त्रका आधारभुत मान्यताको अवलम्वन गर्ने प्रतिवद्धता व्यक्त गरिसकेको सम्वन्धमा कोरोना वा अरु कुनै कहरको वाहानामा ती गतिविधि नगर्न वा तिनलाई निलम्वन गर्न अनुमति दिदैन । मदन भण्डारी द्धारा प्रतिपादित वहुदलिय जनवादको दस्तावेजले होस वा माओवादीको एक्काइसौ शताव्दीमा जनवादको विकास नामक दस्तावेजको भावना नै किन नहोस जस्तो सुकै कठिन परिस्थितिमा पनि पार्टी गतिविधि निलम्वन नगर्ने र पार्टीका तोकिएका पद्दति अवलम्वन नगर्दा त्यो जनवाद पनि नहुने र जनवादको अवलम्वन विना पार्टीको आन्तरिक जनवाद पनि मजवुत नहुने कुरा स्वतः सिद्ध छ भने समाजवाद स्थापना हुने कुरा त धेरै टाढाको विषय वन्ने छ । त्यसैले कोरोनाका कहरका कारणले कतिपय वाधा व्यवधानहरु सिर्जना भए पनि पार्टी सदस्यता नविकरण गर्न, पार्टीका नियमित वैठकहरु भर्चुवल माध्यमवाट सम्पन्न गर्न कहि कतै थुन छेक छैन तथापि गतिविधि भएका छैनन यो राम्रो संकेत हैन । अवका दिनमा पार्टीले समाजवाद स्थापना गर्ने लक्षका साथ नया नीति विधि र शैलीको विकास गरी तदनुकुल समय सापेक्ष पार्टीका गतिविधि अधि वढाउनुको विकल्प छैन ।
राजनीति सवै नीतिहरुको मुल नीति मानिएको अवस्थामा राजनैतिक दलले आन्तरिक लोकतन्त्रलाई संस्थागत गर्न लोकतान्त्रिक गतिविधि अघि नवढाउदासम्म राज्यका अन्य गतिविधिहरु पनि अघि वढने संभावना छैन । तसर्थ राजनैतिक दलले अगुवाई गर्ने, राज्यका अन्य निकायहरुलाई पनि समय सापेक्ष आफना गतिविधि अघि वढाउन प्रेरित गर्ने कार्यले मात्रै समग्र राज्यको लोकतन्त्रको रक्षा गर्न संभव हुनेछ र समाजवादी लोकतन्त्रको स्थापना गर्न पनि संभव हुनेछ ।
ई–कमर्स र ई–गभर्नेन्स अवको उपयुक्त वाटो हुनेछ । नीजि क्षेत्र ईकमर्श र ई गभर्नेन्समा जाने सार्वजनिक क्षेत्र परम्परागत शैलीमै रहने समस्याले अव निरन्तरता पाउन हुदैन । कोरोनाको कहर छिटै सकिने लक्षण नदेखिएको यो अवस्थामा भर्चुवल माध्यमको अवलम्वन राजनैतिक दलले प्राथमिकतकासाथ गर्न जरुरी छ । कोरोनाको यो कहरलाई अवसरका रुपमा लिदै एक्काइसौ शताव्दीमा विकसित भएको सुचना प्रविधिको विकासको अवसरलाई उपयोग गर्दै आफना गतिविधि अघि वढाउन जरुरी भएको छ ।
यसका साथै समाजवाद अवको वाटो हो समाजवाद हुदै साम्यवादको यात्रा तय गर्ने सत्तारुढ दलको घोषित लक्ष नै हो । यो लक्ष पुरा गर्न कोरोनाको कहरका विच पनि भर्चुवल माध्यमको प्रयोग पहिलो शर्त हो भने दोश्रो शर्त समाजवाद स्थापना गर्ने पार्टीको निर्वाचन पद्दति पुजिवादी हुने कुरा कहि कतैवाट नाप्दा पनि मिल्दैन । लक्ष समाजवादको राख्ने विधि दलाल पुजिवादको अवलम्वन गर्ने कुराले गंभिर अन्तरविरोध पैदा हुने कुरामा विवाद हुदैन । यसै गरी पार्टी सदस्यता वितरण गर्ने कुरा होस वा प्रतिनिधि चयनत गर्ने विधिको कुरा नै किन नहोस समाजवाद स्थापना गर्ने तिर भन्दा दलाल नोकरशाह र पुजीवादी व्यक्तिहरु वहुल्यता रहने कुराले त्यो महाधिवेशनले तय गर्ने कार्यक्रम जस्तो सुकै वने पनि सो महाधिवेशनले चयन गर्ने नेतृत्व दलाल पुजिवादलाई नै संरक्षण गर्ने खालको हुने कुरा निश्चित प्राय छ तव समाजवाद स्थापनाको लक्ष आकाशको फल आखातरी मर वाहेक अरु केही हुने छैन । तसर्थ पार्टी सदस्यता वितरण नविकरण प्रतिनिधि चयन र महाधिवशेन मार्फत नया नेतृत्वको चयनमा समेत दलाल पुजिवादलाई प्रतिस्थापन गर्ने र समाजवाद स्थापना गर्ने सोचका साथ अघि वढन जरुरी छ ।
समाजवाद स्थापना गर्ने लक्ष साकार पार्न पार्टी सदस्यमा समाजवादी सोच, पार्टी पद्दतिमा समाजवादी सोच, पार्टी संचालन प्रकृयामा समाजवादी मान्यता, पार्टी प्रतिनिधि चयनमा समेत समाजवादी सोच र पार्टीको नीति, विधि, दस्तावेज, कार्यक्रम र कार्यशैलीमा समेत दलाल पुजिवादलाई प्रतिस्थापन गर्ने र समाजवाद स्थापना गर्ने ल्याकतको हुन जरुरी छ ।
यतिवेला मुख्यतः नेकपाका काँधमा अभुतपुर्व जिम्मेवारी छ । संविधानले राखेको लक्ष चुम्न यो पार्टीको अगुवाई र सचेत पहलकदमी विना त्यो संभव छैन । ईतिहासले सुम्पेको यो गुरुत्तर दायित्वलाई आत्मसात गर्दै सामन्तवादवाट पुजिवादमा प्रवेश गरेको नेपाली समाजलाई दलाल पुजिवादवाट मुक्त गर्दै समाजवादको लक्ष प्राप्त गर्न सक्षम तुल्याउने हेतुले आफुलाई तयार गर्न जरुरी छ । कोरोनाले खडा गरेको चुनौतिलाई अवसरका रुपमा लिदै नयाँ संविधानले तय गरेको लक्षलाई चुम्ने अदम्य साहसका साथ नेकपाको भावी रणनीति र कार्यनीतिको विकास गर्न समग्र पार्टीको विचार नेतृत्व र कार्यशैली तदनुरुप विकास गर्ने अभिभारा सम्पुर्ण नेकपाका नेता कार्यकर्ता सदस्य समर्थक र सुभचिन्तकका काधमा आईपरेको छ । ऐतिहासिक कार्यभार पुरा गर्न समाजवादी पार्टी निर्माण गर्न समाजवादी नेतृत्व विचार र कार्यशैलीको विकास गर्न जरुरी छ । ’
वि.सं.२०७७ भदौ २६ शुक्रवार १२:२८ मा प्रकाशित






























