back
CTIZAN AD

परमाणु हतियारमा सबैभन्दा अगाडि हुने होडमा अमेरिका

वि.सं.२०७७ भदौ २६ शुक्रवार

1.2K 

shares

आज अमेरिकासँग दशकौं देखिका यस्ता घातक र खतरनाक परमाणु हातहतियार रहेका छन् जसले यो एक मात्रमानव बस्ती पृथ्वीलाई यत्ति नराम्रोसँग खरानी तुल्याउन सक्तछ कि त्यसपछि त त्यो मानिस बस्न नै लायक रहने छैन । तर यो आणबिक परमाणबिक हतियारको खलियो खलियो लागिसक्दा समेत पनि शायद अहिलेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि पर्याप्त छैन ! यस सन्दर्भमा एउटा बिश्व प्रसिद्ध समाचार एजेन्सी रायटरमा प्रकाशित एउटा अन्तरबार्तामामा ट्रम्पले भनेका छन् — ‘‘धेरै राम्रो हुने थियो यदि कुनै देशसँग परमाणु हतियार हुदै नहुँदा, तर यस्तो हुँदैन, त्यसैले हतियार राख्ने बिषयमा अमेरिकाले सबैभन्दा अगाडि रहनु पर्दछ ।’’

 ‘ट्रम्पले जे भन्दछन त्यो साँचो हो कि होइन यो बुझ्न मुश्किल छ, तर परमाणु हतियारहरु अरुलाई डर देखाउन, धम्क्याउन प्रयोग गरिने कुरा होइन’ । संयुक्त राष्ट्र संघका अनुसार परमाणु हतियार पृथ्वीमा आज सबैभन्दा शक्तिशाली हतियारहरु हुन् ।

अहिलेसम्म अमेरिकासँग आणबिक हातहतियारको थुप्रो ब्रिटेनको तुलनामा ६१ गुणा र चीनको तुलनामा २६ गुणाभन्दा बढी रहेको छ । तर गम्भीर प्रश्न के उठ्छ भने के अमेरिकी राष्ट्रपति ट्रम्प स्वयंले परमाणु हतियारको बटम दबाउन सक्छन् ? परमाणु हतियारको कुरा गर्दा अहिले अमेरिका भन्दा पनि रुस अझ अगाडि रहेको देखिन्छ । त्यो पहिलो पटक मात्र पनि होइन कि डोनाल्ड ट्रम्पले यस्तो किसिमको बयानवाजी गरेका हुन् । राष्ट्रपति चुनिएपछि तुरुन्तै नै पनि उनले एउटा ट्वीट गरेका थिए र के भनेका थिए भने अमेरिकाले आफ्नो आणबिक क्षमता बढाउनु पर्दछ । यसले उनको परमाणु शक्ति बढाउने जोड शुरुदेखि नै रहेको थियो भन्ने कुरा एकदमै प्रष्ट पार्दछ ।

यस सम्वन्धमा वाशिङ्गटन स्थिति आम्र्स कण्ट्रोल एसोशिएशन नामको संस्थाको एउटा महत्वपूर्ण प्रतिबदेन र सूचना अनुसार केवल रुस नै छ जो परमाणु शक्तिको बिषयमा अहिलेका लागि अमेरिका भन्दा अगाडि छ । अमेरिकासँग जम्माजम्मी ६,८०० परमाणु हतियार छन् भने त्यस्ता हतियार रुससँग ७००० जति छन् । प्रष्ट छ अमेरिकाका भन्दा २०० बढी । ज्ञातब्य छ कि अमेरिका र रुस दुबै यस्ता देश हुन् जोसँग परमाणु हमलाका लागि आवश्यकताभन्दा बढी हयिारको थुप्रो लागेको छ । दुबैसँग बिश्वमा हाल मौजूद कुल १५००० यस्ता आणबिक हतियारहरुको ९० प्रतिशत हतियारहरु रहेका छन् । यस सूचिमा ३०० आणबिक हतियारका साथ फ्रान्स तेश्रो नम्बरमा छ । यति बेला बिश्वमा ९ देशहरुसँग २०१७ सम्म सबैभन्दा बढी परमाणु हतियार रहेका देखिन्छ :


यो माथिको तालिकाले पनि प्रष्ट पार्दछ कि आफूसँग यत्तिका परमाणु हतियार भइकन पनि अमेरिका अझ अगाडि बढाउन चाहन्छ । आणबिक हातहतियार सम्वन्धमा आजभन्दा १० बर्ष अगािड २०१० प्रागमा भएको ‘स्ट्र्याटेजिक आम्र्स रिडक्सन ट्रिटी’अर्थात् ‘रणनीति हतियार कमगर्ने सम्झौता’ अन्तरगत अमेरिका र रुसले अफ्रिल २०१८ सम्ममा आफ्ना परमाणु हातियारहरुको थुप्रोलाई समान तुल्याइनु पर्ने, यसपछि २०२० सम्ममा दुबै देशले नयाँ सम्झौतामा बिचार गरिने प्रावधान रहेका छन् । यो सम्झौताका बारेमा त डोनाल्ड ट्रम्ले पहिला नै ‘एकतर्फी’ भनिसकेका छन् । ट्रम्पले रायटर्ससँग भनिसकेका छन् कि — ‘‘चाहे त्यो हाम्रो मित्र नै किन नहोस्, हामी कुनै पनि देशभन्दा पछाडि रहने छैनौं । परमाणु शक्तिको कुरामा त हामी अरुभन्दा अगाडि नै हुनेछौं ।’’

नेटो सम्झौताअन्तरगत अमेरिकाले बेल्जियम, जर्मनी, इटली, निदरल्याण्ड र टर्कीमा आफ्ना परमाणु आयुधहरु तैनाथ गरेको छ । क्यानाडा, बृटेन र मिश्रमा पनि अमेरिकाका यस्ता परमाणु हतियारहरु तैनाथ थिए जो पछिबाट हटाइए । यसका अतिरिक्त अन्य सैनिक ठेगानाहरुमा पनि अरु युद्धपोतहरुमा यस्ता परमाणु हतियार राखिएका छन् । सर्सरी हेर्दा अमेरिकाको परमाणु सम्वन्धि नीति दुइ धारे किसिमको देखिन्छ ।

यस सम्वन्धमा ‘फाउण्डेशन अफ पीस इन दि न्यूक्लियर एरा’ की कार्यकारी निर्देशक रिक वेम्यानले बीबीसीलाई बताएअनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पका यस सम्वन्धि प्रयत्नहरु कति पनि तर्कसंगत छैनन् । उनले थप भनेकी छन् ‘बिद्यमान सम्झौताका विरुद्ध जाने कुनै कारण छैन’ । उनले प्रष्टै भनेकी छन् कि यस बिषयमा अमेरिकाले दोधारे नीति लिएको छ – कुनै अरु देशले परमाणु हतियार बनाउँदा अमेरिका त्यसका विरुद्ध कडा कदम उठाउने गर्दछ जबकि ऊ स्वयंसँग अरु देशहरु भन्दा कयौं गुणा बढी परमाणु हतियारहरु छन्’ ।

उनीअझ अगाडि प्रष्ट पार्दछन् कि तथाकथित रणनीतिक हतियारहरुबाट यो पृथ्बीलाई नराम्रोसँग हानी नहोस् भन्ने कुरा अमेरिकाको हातमा छ । यद्यपि कुरा के होइन भने अमेरिका मात्र एक्लै यस्तो देश हो जसले यो धरतीलाई मानिस बस्न लायक रहँन दिदैन ।

एकजना अनुसन्धानकर्ता बताउँदछन् — ‘ट्रम्पले जे भन्दछन त्यो साँचो हो कि होइन यो बुझ्न मुश्किल छ, तर परमाणु हतियारहरु अरुलाई डर देखाउन, धम्क्याउन प्रयोग गरिने कुरा होइन’ । संयुक्त राष्ट्र संघका अनुसार परमाणु हतियार पृथ्वीमा आज सबैभन्दा शक्तिशाली हतियारहरु हुन् ।

निशस्त्रीकरण बिषयमा लागि संयुक्त राष्ट्र संघीय कार्यालयको यस प्रकारको स्पष्ट भनाइ छ ः ‘‘यी परमाणु हतियारबाट न केवल एउटा शहर मात्र समाप्त पार्न सकिने हो, बरु लाखौ लाख मानिसलाई एकै चिहान पार्न सकिन्छ, अनि पर्याबरण र मानिसको आउदो पिढीलाई पनि ठूलो नोक्सानी पु¥याउन सकिने छ ।’’

बितेको झण्डै ८ दशक अगाडि १९४६ मा अमेरिकाले नौ सोनाकाजाहरुमा परमाणु हतियारहरुको असर जान्नका लागि दुइटा परमाणु परीक्षण गरेको थियो । शायद अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यो जानकारी भएको नहोस् । अनिउनी यस सम्वन्धमा जे पायो त्यहीबोल्दै हिडेका हुन् । आम्र्स कण्ट्रोल एसोशिएनको भनाइ छ कि — ‘‘ट्रम्पका कुराकानीबाट के लाग्दछ भने उनलाई परमाणु हतियारहरु र तिनका गम्भीर खतराका बारेमा जानकारी छैन । शीत युद्धको इतिहासले बताउँदछ कि परमाणु हतियारको लडाईमा कसैको पनि जीत हुँदैन । रिक वेम्यानका अनुसार ‘‘१९६५ को क्यूबाको मिसाइल संकटबाट शायद हामीले(अमेरिकीहरुले) केही पनि सिकेनौ ।’’ हामीले केही नसिकेको कुराको सबूत प्रमाण यहीहो कि यस्ता हातहतियार आज पनि मौजूद रहेका छन् र आज तिनबाट पहिलाको भन्दा अझ बढी खतरा छ ।

वि.सं.२०७७ भदौ २६ शुक्रवार १३:४८ मा प्रकाशित

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

१. पृष्ठभूमि नेपाली समाज र यसको अर्थतन्त्रमा देखिएको विडम्बना वा...

 सक्कली माननीय

 सक्कली माननीय

“माननीय” शब्द संस्कृत मूलबाट आएको हो। “मान” अर्थात् सम्मान, आदर,...

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...