२६ भदौ, काठमाडौं । नेपालमा पछिल्लो पटक कोरोना संक्रमणको संख्या वृद्धि हुँदै गएपनि केही जिल्लाले कोरोना संक्रमण मुक्त बन्नका लागि अथक प्रयास गरिरहेका छन् ।
देशका ७७ वटै जिल्लामा कोरोना संक्रमित भेटिए पनि आजसम्म ७ जिल्लाले आफूलाई कोरोना सक्रमण मुक्त जिल्ला घोषणा गरिसकेका छन् । तर, कुनै कुनै जिल्ला संक्रमण मुक्त भएपनि फेरि दोहोरिने क्रम पनि देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्रालयद्धारा हालसम्म कोरोना संक्रमण मुक्त घोषणा गरिएका ७ जिल्लामा प्रदेश नं १ को सोलुखुम्बु, गण्डकी प्रदेशको मनाङ मुस्ताङ, म्याग्दी र कर्णाली प्रदेशको मुगु, डोल्पा र हुम्ला रहेका छन् ।
आज ९७२ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या ३६,६७२ पुग्यो
वि.सं.२०७७ भदौ २६ शुक्रवार १८:१० मा प्रकाशित





























