back
CTIZAN AD

हेर्नुहोस् यस्तो छ नेपालमा भदौ २६ सम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ भदौ २६ शुक्रवार

717 

shares

२६ भदौ, काठमाडौं । नेपालमा शुक्रबार ( २६ भदौ ) सम्म पिसीआर प्रविधिबाट ८ लाख २१ हजार १८६ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १०,७०१ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १४,९२५ रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ८,२९१ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा ६,६३४ जना रहेका छन् ।

हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या ६,०७८ रहेको छ । यो संख्या पछिल्लो समय घट्दै गएको छ ।

आज थपिएका १४५४ जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ भने आज निको भएर ९७२ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म ३६ हजार ६७२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै आज थपिएका ५ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२२ पुगेको छ ।
त्यस्तै देशभरका विभिन्न अस्पतालको आइसीयुमा १७० जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा ५, जना, प्रदेश २ मा २४ जना, बागमती प्रदेशमा १०७ जना, गण्डकी प्रदेशमा ५, प्रदेश ५ मा २२ जना, कर्णाली प्रदेशमा ६ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी जम्मा १७० जना रहेका छन् ।

त्यसैगरी बागमती प्रदेशमा २२ जना र प्रदेश ५ मा २ र सुदूरपश्चिममा १ जना गरी विभिन्न अस्पतालका भेन्टिलेटरमा २५ जना उपचाररत रहेका छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला सुनसरी, सर्लाही, काठमाडौं, चितवन र रुपन्देही गरी जम्मा ५ जिल्ला रहेका छन् । साथै हालसम्म संक्रमित शून्य भएका जिल्लाहरुमा सोलुखुम्बु, मुस्ताङ, म्याग्दी मुगु, डोल्पा र हुम्ला गरी ७ जिल्ला रहेका छन् ।

आज काठमाडौं उपत्यकामा मात्रै ६९६ संक्रमित थपिए, देशैभरी १४५४ जना
नेपालमा काठमाडौं उपत्यकाका ६९६ जनासहित देशैभरी १४५४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ६२०, भक्तपुरमा ३८ र ललितपुरमा ३८ जना नयाँ संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को झापामा १४, मोरङमा ४७, संखुवासभामा १२ र सुनसरीमा ४४ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा २, पर्सामा ३, बारामा २, महोत्तरीमा २, रौतहटमा ६, सप्तरीमा ४ सर्लाहीमा ७ र सिराहामा ४२ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौमा ६२० काभ्रेपलान्चोकमा ११, चितवनमा ७०, धादिङमा १, नुवाकोटमका ३, भक्तपुरमा ३८, कवानपुरमा ५४, रामेछापमा १, ललितपुरमा ३८, सिन्धुपाल्चोकमा २ र सिन्धुलीमा १ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ११, गोरखामा ६, तनहुँमा ८, नवलपरासीपुर्वमा ३८, पर्वतमा २, लमजुङमा ६ र स्याङजामा ४ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को कपिलवस्तुमा २८, गुल्मीमा २०, दाङमा५, नवलपरासीमा ३५, पाल्पामा १२, प्युठानमा १३, बर्दियामा १, बाँकेमा १८, रुकुमापुर्वमा ११, रुपन्देहीमा १०२ र रोल्पामा ३ जनामा संक्रमण पु्ष्टि भएको छ ।

कर्णाली प्रदेशको जुम्लामा १, सुर्खेतमा २६ र सुदूरपश्चिम प्रदेशको कन्चनपुरमा २ , कैलालीमा ६७ र डोटीमा ६ जना जना गरी आज देशैभरी १४५४ जना संक्रमित थपिएका छन् । उनीहरुमा ४६३ जना महिला र ९९१ जना पुरुष रहेका छन् ।

आज थपिएका १४५४ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ ।

आज ९७२ जनाले कोरोना जितेर घर फर्किए
नेपालमा आज पनि ९७२ संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न आइसोलेशन सेन्टरहरुमा उपचाररत ९७२ जना आज संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् ।
आज निको भएका ९७२ सँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ । मन्त्रालयका अनुसार निको हुनेको यो संख्या ७१ प्रतिशत हो ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ३३२४, प्रदेश २ मा १०२४२, बागमती प्रदेशमा ६५३५, गण्डकी प्रदेशमा २१४५ प्रदेश नं ५ मा ६२४८ कर्णाली प्रदेशमा २४७० र सुदूरपश्चिम प्रदेशमा ५७१० जना गरी हालसम्म जम्मा ३६ हजार ६७२ जना निको भएका हुन् ।

यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ९९५, प्रदेश २ मा ४९२, बागमती प्रदेशमा ४६१, गण्डकी प्रदेशमा ५९४ प्रदेश नं ५ मा १२४०, कर्णाली प्रदेशमा ६२६ र सुदूरपश्चिम प्रदेशमा १६७२ गरी जम्मा ६०७८ जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् ।

यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश १ मा ४१९, प्रदेश २ मा ४०१, बागमती प्रदेशमा ४८१०, गण्डकी प्रदेशमा ७६२, प्रदेश नं ५ मा११०२, कर्णाली प्रदेशमा २५३ र सुदूरपश्चिम प्रदेशमा ५४४ गरी जम्मा ८,२९१ विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार गराइरहेका छन् ।

होम आइसोलेशनमा
प्रदेश १ मा ९३७, प्रदेश २ मा २१४५, बागमती प्रदेशमा २५०१, गण्डकी प्रदेशमा १००, प्रदेश नं ५ मा ९०, कर्णाली प्रदेशमा १८३ र सुदूरपश्चिम प्रदेशमा १८३ गरी जम्मा ६,६३४ जना होम आइसोलेशनमा बसेका छन् ।

कोरोना संक्रमणबाट नेपालमा आज ५ जनाको मृत्यु
नेपालमा कोरोना संक्रमणबाट आज ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ जिल्लाका १ महिलासहित ४ पुरुषको मृत्यु भएको हो ।

आज मोरङकी ४० वर्षीया महिला तथा महोत्तरीका ६५ वर्षीय, धनुषाका ४५ वर्षीय, काठमाडौंका ७० वर्षीय र नवलपरासीका ५५ वर्षीय पुरुष गरी ५ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।  नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको यो संख्या ०.६२ प्रतिशत हो ।

कुन्–कुन हुन् त हालसम्म कोरोना संक्रमित शून्य घोषणा गरिएका ७ जिल्ला ?
नेपालमा पछिल्लो पटक कोरोना संक्रमणको संख्या वृद्धि हुँदै गएपनि केही जिल्लाले कोरोना संक्रमण मुक्त बन्नका लागि अथक प्रयास गरिरहेका छन् ।

देशका ७७ वटै जिल्लामा कोरोना संक्रमित भेटिए पनि आजसम्म ७ जिल्लाले आफूलाई कोरोना सक्रमण मुक्त जिल्ला घोषणा गरिसकेका छन् । तर, कुनै कुनै जिल्ला संक्रमण मुक्त भएपनि फेरि दोहोरिने क्रम पनि देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्रालयद्धारा हालसम्म कोरोना संक्रमण मुक्त घोषणा गरिएका ७ जिल्लामा प्रदेश नं १ को सोलुखुम्बु, गण्डकी प्रदेशको मनाङ मुस्ताङ, म्याग्दी र कर्णाली प्रदेशको मुगु, डोल्पा र हुम्ला रहेका छन् ।

यस्तो छ हेर्नुहोस् नेपालमा हालसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ भदौ २६ शुक्रवार १८:४३ मा प्रकाशित

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

गोपालप्रसाद बराल, महोत्तरी । केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान...

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

भोजपुर । पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवद्र्धन गर्ने लक्ष्यसहित तीन...

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल...

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...