back
CTIZAN AD

यस्तो छ एनआरएनएको युरोप क्षेत्रिय बैठक तथा विज्ञ सम्मेलनको उद्धेश्य र तयारी

वि.सं.२०७७ भदौ २६ शुक्रवार

1.1K 

shares

२६ भदौ, काठमाण्डौं । यहि अक्टोबर ३ र ४ मा हुन गइरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को १३ औं युरोप क्षेत्रिय सम्मेलन तथा युरोपको दोश्रो विज्ञ सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ ।

विश्वव्यापी कोरोनाका महामारीका कारण अनलाइन भर्चुअल बैठकबाट सम्पन्न गरिने गरी तयारी गरिएको उक्त १३ औं युरोप क्षेत्रिय सम्मेलन तथा दोश्रो विज्ञ सम्मेलनमा नेपाल सरकारका मन्त्री, राजनीतिक दलका प्रतिनिधि, विभिन्न क्षेत्रका विज्ञहरु, गैरआवासीय नेपाली संघका अभियन्ताहरु, नेपालको व्यवसायीक क्षेत्रका प्रतिनिधिहरुलगायतको उपस्थिति रहने युरोप क्षेत्रि संयोजक नारायण आचार्यले जानकारी दिएका छन् ।

विहिबार आयोजित अनलाइन बैठकमा संयोजक आचार्यले विज्ञ सम्मेलनका उद्धेश्यका बारेमा जानकारी दिँदै सम्मेलनमा गैरआवासीय नेपालीको नागरिकताको बारेमा, नेपालको संसदीय र स्थानीय चुनावमा गैरआवासीय नेपालीको मतदान अधिकारका बारेमा तथा नेपालको स्वास्थ्य, कृषि, पर्यावरण, भौतिक पूर्वाधार, प्रकृति संरक्षण लगायतका बारेमा गैरआवासीय नेपाली विज्ञहरुको प्रस्तुति रहनेछ ।

‘प्रवासबाट जन्मभूमिका लागि के गर्न सकिन्छ त भन्ने प्रमुख उद्धेश्य यस विज्ञ सम्मेलनको रहेको छ ।’ संयोजक आचार्यले भने ।

त्यसैगरी युरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषद् र अन्तराष्ट्रिय समन्वय परिषद्वीचको सम्बन्धलाई कसरी प्रगाढ बनाउन सकिन्छ र कसरी गैरआवासीय नेपालीको हितमा आगामी दिनमा प्रभावकारी रुपमा काम सकिन्छ भन्ने विषयमा समेत छलफल तथा प्रस्तुति रहनेछ ।

त्यस्तै गैरआवासीय नेपाली महिला, युवालगायतका विषयमा पनि छलफल हनेछ । साथै आइसीसीले अघि सारेका विभिन्न प्रोजेक्ट तथा आगामी कार्यक्रमहरुका बारेमा पनि छलफल हुने आचार्यले बताएका छन् । उनले सम्मेलन सफल बनाउनका लागि संसारभरी छरिएर रहेका गैरआवासीय नेपालीहरु नेपालमा रहने नेपाली तथा विशेष गरेर युरोप क्षेत्रमा रहेका एनआरएनए अभियन्ताहरुलाई सहभागीताको लागि समेत अनुरोध गरेका छन् ।

त्यसैगरी विज्ञ सम्मेलनका लागि ५ वटा सेसन रहेको र त्यसमा कृषि विज्ञान, स्वास्थ्य तथा औषधि विज्ञान (कोभिड १९ समेत), उर्जा र वातावरण, पूर्वाधार विकास एवं निमार्ण सम्बन्धी र प्रकृति विज्ञान विषय सम्बन्धी प्रस्तुति रहने एनआरएनए आइसीसी सदस्य नर्वे तथा विज्ञ सम्मेलनका कार्यक्रम संयोजक राजु अर्यालले जानकारी दिएका छन् ।

अर्यालले युरोपमा रहेर यी विषयमा चासो र प्रस्तुति दिन चाहाने विज्ञहरुले २७ सप्टेम्बरसम्म भ्गचयउभ।पलयधभिमनभ२लचलब।यचन मा पठाउन पनि अनुरोध गरेका छन् ।

त्यसैगरी एनआरएनए युरोप क्षेत्रका सहसंयोजक तथा विज्ञ सम्मेलनका मिडिया संयोजक शुक्रराज न्यौपानेले सम्मेलनको तयारी अन्तिम चरणमा पुगिसकेको र केहि दिनपछि पत्रकार सम्मेलन गरेर यसका बारेमा पूर्ण जानकारी दिइने संसारन्युजलाई बताएका छन् ।

वि.सं.२०७७ भदौ २६ शुक्रवार १९:०९ मा प्रकाशित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका...

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...